MENU

Blog Details

Tsum Valley

वरिपरि मोटी झैँ टल्किएका सेताम्मे हिमाल बीचमा थपक्क बसेको चुम भ्याली ! यसो हेर्दा लाग्छ, धर्तीको स्वर्ग भनेकै यही हो । बाहिरका आगन्तुक मात्रै होइन, उत्तरी गोर्खामै जन्मे हुर्केको मानिसलाई पनि जति पटक चुम भ्याली पुग्यो, त्यति नै आनन्द महसुस हुन्छ । प्राकृतिक सौन्दर्यलाई शब्दमा बयान गर्न नसकिने चुम भ्याली सांस्कृतिक रूपले पनि उत्तिकै धनी क्षेत्र हो । बुद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्यालीको महत्त्वपूर्ण सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि कुनै पनि खालको हिंसा हुँदैन, अर्थात् काटमार हुँदैन । माथिल्लो चुमको छेकम्पार क्षेत्रलाई विसं १९७७ देखि अहिंसा क्षेत्र बनाइएको थियो। त्यसैगरि तल्लो चुम अर्थात् चुमचेतलाई भने विसं २०६९ देखि अहिंसा क्षेत्र घोषणा गरिएको थियो।