खानेपानीको महत्वः

खानेपानीको महत्वः
हालसालै दुबईमा भएको कोप–२८ को सम्मेलनले जिवास्म ईन्धनको विकल्पमा जाने निर्णय गरेको खबर छ । वास्तवमा अत्याधिक कार्वन उत्सर्जनले गर्दा अरु देसहरु भन्दा नेपाल धेरै प्रभावित हुन पुगेको छ । आजभन्दा ५० वर्ष अगाडी हामिलेनै देखेको हिमालमा तलतल सम्म हिउँले भरियको सफा सेतो थियो । गोरखाको उपल्लाकोट, सिरान्चोक र छिम्केस्वरीको डाँडामा समेत कहिले काहीं हिउँ देखापर्ने गथ्र्यो । तर आजभोली अत्याधिक चिसो मौसममा गोरखाबजारको वरपर त परैजावस्, हिमालमा पनि कालो धब्बाहरु धेरै देखिने गर्छ । नेपाल जलश्रोतको धनी मुलुक भनियको यहि हिमश्रृंखलाले गर्दा हो । कतिपय देसहरुमा जमीनमुनीको पानी समेत नभेटिने भैसकेको छ । हाम्रो भने सर्वोच्च सिखरमा पानीको भण्डारण रहेको छ । यस कुरामा नेपाललाई प्रकृतिले बरदान दिएकै होभन्न सकिन्छ ।
हामि नेपालीले प्रकृतिको बरदान त पायौं । तर, यसलाई सदुपयोग गर्ने खालको नेतृन्व भने पाउन सकेनौं । यहि हिमश्रृंखलाका कारण नेपालमा प्रशस्तै नदीनालाहरुको पानी कलकल, छलछलल बगेर खेरगई रहेकाछ । एउटै नदीनालावाट धेरै विद्युत सक्ति उत्पादन गर्न सकिन्थ्यो । यसरि विद्युत उत्पादन गर्नसक्ने होभने नेपालीले मनग्ये उपयोग गरेर पनि वाह्य देसहरुलाई विक्रिगरि नेपाली धनी हुनसक्ने थियो । ग्यास र कोईलाको प्रयोग भन्दा आधा सस्तो हुनेगरि विद्युतको मुल्यमा समायोजन गर्ने होभने वाह्य देसवाट ग्यास र कोईला ल्याउनु पर्ने थिएन । राज्यको ढुकुटीवाट डलर खर्चगर्नु पर्नेपनि थिएन ।
नेपालको जलश्रोतमा सबै देसले आँखा लगायकोे छ । विस्वमा पानीको हाहाकार भैरहँदा नेपालमा भने हिमश्रृंखलाको स्वच्छ पानी भण्डारण हुनेगरेको छ । यो जलश्रोत संगसंगै मुस्ताङ्गमा फेलापरेको यूरेनियमले झनै अर्को आकर्षणको विन्दुबन्न पुगेकोछ नेपाल । भनिन्छ मुस्ताङ्गको यूरेनियमले ४–५ सयवर्ष सम्म नेपालले कतैवाट ईन्धन आपुर्ती गर्नुपर्दैन । अझै नेपालको अरु धेरै ठाउँमा यूरेनियमको खानी भएको आशंका पनि गरियको छ । यसैले पनि नेपालको भूमीमा वाह्य मुलुकको आँखालाग्न थालेको हुनसक्छ ।
नेपालको पानी ईन्धनको लागि मात्रनभै समथर भुभागलाई सिंचाई गरेर हराभरा बनाउने छन । यहि हिमश्रृंखलावाट बगेको पानीले नेपालीको स्वास्थ्य हराभरा हुने गरेको छ । यसपछि नेपालको बनजंगल, जलचर, थलचरहरुको आकर्षण पनि त्यत्तिकै बढ्ने गरेको देखिन्छ । यसरि नेपालको भुभाग ५० देखि १०० किमि सम्मको दुरिमा उच्च हिमालको जलभण्डार, जडिबुटी ठाउँ भेटिन्छ । यसैगरि यतिनै दुरिमा सुन फलाउने समथर मैदान भेटिने सुन्दर मुलुक अन्यत्र कमैभेटिन सक्छ ।
मानव शरिरमा चिल्लो पदार्थ वाहेक ७२% पानी हुन्छ । मानव शरिरले सहजै कामगर्न एकदेखि सात लिटर सम्म पानी आवश्यक पर्दछ । शरिरमा पानीको कमीहुन नदिन कृयाकलाप र तापक्रम अनुसार दैनिक फरक मात्रामा पानी पिउनु पर्छ । हाम्रो शरिरको पानी दिसा, पिसाव, पसिना र स्वासफेर्दा वाफको रुपमा बाहिर जान्छ । मानिसलाई पिउनको लागि नुन नभएको, प्रदुषण नभएको पानी चाहिन्छ । साधारणत विषालूयूक्त रसायन तथा किटाणुहरुले पनि पानीलाई प्रदुषण गर्छ । पानीमा घुल्ने केहि रसायन पदार्थहरु शरिरले पचाउन सक्छ । यस किसिमको तत्वहरुले पानीको स्वाद पनि बढाउने गर्दछ ।
नेपालमा सिफरिस भएको स्तरिय पिउन योग्यपानीः
सिनं पानीको गुणहरु बढिमा सिन पानीको गुण विस्व स्वास्थ्य संघको मापदण्ड
१ आलमोनियम ०.५३ मि÷लिटर १ क्लोेरिन ५ मि÷लिटर
२ आरसेनीक ०.७१ मि÷लिटर २ बाक्टेरिया ई–कोली ० एमपिएन÷१०० मिलि
३ आईरन ७.२२ मि÷लिटर ३ पिएच हुनुहुँदैन
४ म्याग्नेसियम ३.२२९ मि÷लिटर ४ धमीलोपन हुनुहुँदैन
५ फ्लोराईड १ं५ एमजि÷लिटर
६ नाईट्रेट ५० मिलिग्राम÷लिटर
७ आरसेनीक १० यूजि÷लिटर

हाम्रो स्वास्थ्यमा पानीले पु¥याउँने विशेष फाईदाहरुः–
१) मुटुको चाललाई नियमित गराउँछ ।
२) शरिरको तापक्रम र रक्तचाप नियमित गराउँछ ।
३) सहि तरिकावाट खानेकुरा पचाउँछ ।
४) अक्शीजन र पौष्टीकतत्व ओसारपसार गर्छ ।
५) शरिरको अंगप्रत्यंङ्गहरुलाई सहयोग पु¥याउँछ ।
६) शरिरमा प्रवेश गर्ने किटाणुहरुलाई रोक्ने काममा सहयोग गर्छ ।
७) शरिरको जोर्नीहरुमा चिप्लोपना ल्याउँन सहयोग पु¥याउँछ ।
पानीले हाम्रो शरिरलाई सहि तरिकावाट सन्चालन गर्न महत्वपुर्ण काम गर्दछ । यसले हाम्रो शरिरलाई रसिलो बनाउनुका साथै सबै अंगहरुलाई चल्न सहयोग पु¥याउँछ । त्यसैले सबै मानिसहरुले शरिरको सुख्खापन हटाउन दिनको ४–६ ग्लास पानी पिउन जरुरी हुन्छ । यसपछि शरिरको अवस्था र कृयाकलाप हेरेर पानीको मात्र थपघट गर्नुपर्छ । जब पानी अत्यावश्यक होभने, सबै एकैखालको हुँदैन । पानी फरकफरक किसिमको हुन्छ । जस्तैः धारावाट, मुलको पानी, स्वच्छ पारियको पानी, अल्कालाईन पानी, वाफवाट तयार गरियको पानी, पौष्टीतत्व मिलाईयको पानी, क्यालोरि मिसाईयको पानीहरु । जुन स्वास्थ्यका लागि पिउन योग्य हुन्छ ।
पानीवाट आउने रोगहरुः
१) कलेरा ९ऋजयभिचब० २) टाईफाईड ९त्थउजयष्म०
३) सिजेलोजिस् ९क्जष्नभयिनष्क० ४) अमोवासिस् ९ब्mयभदबकष्क०
५) फुड प्वाईजनीङ्ग ९ँययम एयष्कष्यलष्लन० ६) पखाला ९म्ष्बचचजभब०
७) अन्य सरुवा रोगहरु ९इतजभच क्ष्लाभअतष्यगक म्ष्कभबकभक० ८) लेप्टोपईरोसिस् ९ीभउतयउष्चयकष्क०
९) हेपाटाईटी ए ९ज्भउबतष्तष्क ब्० १०) पेटमा हुने जुगाहरु ९ज्भmिभलतजष्बकष्क०
सरसफाईका लागि आँखाले हेर्दासफा देखिने पानी भएपुग्छ । सिचाईका लागि मलमुत्र यूक्तपानी भए झनै राम्रो हुन्छ । तर मानिसले पिउने पानीभने सफा मात्र भएर पुग्दैन । यसको लागि शुध्द, किटुणु रहित, मिनरलयूक्त पानी चाहिन्छ । यस किसिमको पिउन योग्य पानी कसरि पाउन सकिन्छ ? भन्ने विषयमा केहि चर्चागर्न चाहान्छु ।
क) जमीनमा वर्षादको पानी सोसण ९ब्दकयचउतष्यल० भै धरैतलवाट मुलको रुपमा निस्केको बाहिरवाट कुनै मिश्रण नभएका पानीलाई पिउनयोग्य शुध्दपानी मान्न सकिन्छ ।
ख) आँखाले देखिने सफापानीलाई कम्तीमा तिनमिनेट उमाले पछिपनि यसमा भएको किटाणुहरु नासहुने भएकोले पिउन योग्या मानिन्छ ।
ग) पिउने सफापानीलाई सफा बोत्तलमा राखि सुर्यको अल्ट्राभ्वाईलेट किरणमा तिनघण्टा राखियो भनेपनि त्यसमा भएका किटाणुहरु नासहुने भएकोले पिउनयोग्य मानिन्छ । यसलाई पानी शुध्दगर्ने सिडिसि मेथोड भनिन्छ ।
घ) अर्को पानीलाई पिउनयोग्य बनाउने भनेको सफापानीमा किटाणुहरु नासगर्ने औषधीहरु जस्तैः क्लोरिन, पोटासीयम, आयोडीन जस्ता केमिकलहरु द्वारापनि किटाणुहरु नासहुने भएकोले पिउन योग्य मानिन्छ ।
ङ) आजकल बजारमा विभिन्न किसिमका पानी प्रशोधनका औजारहरु पाईन्छ । तर, त्यसमा फिल्टर गरियको पानीलाई पिउनयोग्य छ वा छैन भनि वेलावेलामा ल्याव परिक्षण चाहिं गर्नुपर्ने हुन्छ ।
च) आजकल जमीनको धेरैतल सम्म (३००–५०० मिटर सम्म) डिपबोरिङ्ग गरि सतहवाट प्रदुषण नहुने गरिएमा यो पानी पनि पिउनयोग्य हुनसक्छ । ल्यावमा जाँचगरि यसमा आरसेनीक जस्ता विषाक्त रसायन भने हुनुहुदैन ।
छ)
विस्वको जनसंख्या बृध्दि संगसंगै प्रकृतिमा देखिएको परिवर्तनका कारण खानेपानीको श्रोतपनि घट्दै गईरहेको देखिन्छ । यसैले खानेपानीको धेरै उत्पादन गरि, आवश्यक अनुसार सहि तरिकावाट खेरजान नदिइ वितरण गरि, खानेपानीको समाधान गर्नपनि सकिन्छ । हरेक प्राणीहरुको जिवन पानीलेनै धानेको छ । खाएको खानालाई पचाउन पानीले प्रचुरमात्रामा भुमीका खेलेको हुन्छ । पानीमा तापक्रम लिनेशक्ति धेरैहुने भएकोले पृथ्वीको मौसमलाई पनि यसले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
पानीको गुणको कुरागर्नु पर्दा, यसको ठोसरुप भनेको बरफ हो । यसको वातावरणीय गुणको महत्व धेरै हुन्छ । बरफको घनत्व पानीको भन्दा कमहुने भएकोले पानीमा तैरिने गर्दछ । यसरि तैरियर बसेको वरफले वाहिरको वातावरण भित्रजान दिएको हुँदैन । त्यसैले योभन्दा तल्लो भागको पानीजम्न पाउँदैन । पानीको यहि अनौठो गुणहरुले पानीमा बाँच्ने जलचरहरु सजिलै बाँच्ने गर्छन ।
पानीको महत्वका कारण मध्येपुर्वी देसहरुमा यूध्दकै कारण पानी अभाव भईरह्यो । विस्वको बढ्दो जनसंख्याका कारण पानीको अत्यधिक समस्या हुनेकुरा विशेसज्ञहरुले भविष्यवाणी गरेका छन । विस्व जल विकासको प्रतिवेदन अनुसार अर्को २०–३० वर्षमा पानीको मात्र ३०% ले घट्ने हुँदा विस्वको ४०% जनतालाई स्वच्छ पानी अपर्याप्त हुने अनुमान गरेको छ । केहि विशेषज्ञले भविष्यवाणी गरेका छनकि “स्वच्छ पानी भएका देसहरु संभवत विस्वका धनी देसहरुमा गणना हुनेछन” ।
बद्री बहादुर मास्के, संस्थापक अध्यक्ष
पृथ्वीनारायण खापा, गोरखा
दरौंदी खापा, गोरखा
मितिः २०८१÷१२÷०९ मा