गोरखाको सम्पदाहरु

गोरखा जिल्ला वरपरका ऐतीहाँशीक तथा पुरातात्वीक सम्पदाहरु
गोरखा जिल्लाको नाम लिनासाथै सबैको दिमागमा ईतीहाँश र बाहादुरीको छनक् आउँने गर्छ । यसो हुनु स्वभाविक पनि हो । आजसम्म पनि विस्वमा बाहादुर गोरखाका नामले प्रख्याती पाईरहेकै छ । शाहवंसले राजगर्न शुरु गरेको वि.सं. १६१६ भन्दा अगाडी मगर राजाको पाला देखिकै ईतीहाँश र पुरातात्वीक सम्पदाहरु गोरखामा पाईने गरेको छ । यसको ज्वलन्त उदाहरण हो, हालसालै गोरखा नगरपालीका–७ सतिपिपलको राममाया शाहीको घरमा प्राप्त भएको रत्नपत्थर (क्वार्ज क्रिष्टल) । यस्तैगरि गोरखा सदरमुकाम वरपर लुकेर बसेका विविध खालका ऐतिहाँशीक, धार्मीक, सांस्कृतिक र पुरातात्वीक सम्पदाहरु प्रशस्तै हुनुपर्छ । विशेष कार्यक्रम बनाई यसको खोजिनिति हालसम्म कसैले गरेको देखिदैन । गोरखा ऐतिहाँशीक जिल्ला हुनुको कारण यसको सम्पदाहरुको संरक्षण र संवध्र्दनलेनै गोरखाको आर्थीक विकासमा बाटोखुल्ने संभावना प्रचुरमात्रामा देखिन्छ ।
हामि गोरखालीहरु यस्ता सम्पदाहरुको संरक्षण र संवध्र्दन गर्नतिर कहिल्यै लागेनौं । हाम्रा पुर्खाहरुले बहिदार, मुखिया, खरदार, डिठ्ठा, सुब्बा र राईटारको पद्वीमा भन्दा अर्को चाहाना राखेनन् । यसैले गोरखामा हाम्रा पुर्खाहरु तिनै पदवीको नामले बोलाउने गरेको देखिन्छ । गोरखा जस्तै तनहुँका पुरानो सदरमुकाम बन्दीपुरका पुर्खाहरु भने आर्थीक विकासका लागि कलकत्ता देखि सामान झिकाएर व्यापारमा तल्लीन रहेको पाईन्छ । यसैले सदरमुकाम हटेपछि अहिले पनि बन्दीपुरले आर्थीक विकासका लागि प्राकृतिक सम्पदा बेचि रहेको पाउँछौं ।
अब सम्पदाका वारेमा केहिकुरा छलफल गर्न चाहान्छु । सम्पदा भनेको अहिले निर्माण गरेको भन्दा ऐतिहाँशीक तथा पुरातात्वीक संरचनाुहरुलाई भन्नुपर्छ । त्यसको जति महत्व हुन्छ, नयाँ निर्माणको त्यत्ति महत्व हुँदैन । सम्पदामा पुरातात्वीक मात्र नभई ऐतिहाँशीक, धार्मीक, संस्कार र संकृतिहरुलाई पनि लिनसकिन्छ । सार्वजनीक महत्वको मात्र नभई निजि क्षेत्रको पनि पुराना पुरातात्वीक घर र संरचनाहरु सम्पदा भित्र पर्छन । गोरखामा कतिपय व्यक्तिको घरहरुमा अझैपनि सम्पदाका वस्तुहरु होलान् । तर त्यसलाई उजागर गर्नुको साटो लुकाएर राखिएको छ । गोरखामा मगर राजाका पाला देखिका धेरै सम्पदाहरु विनास गरिएका छन् । पुर्वराजाहरुको आरिसमा गोरखा दरबार, लल्लो दरबार र धार्मीक स्थलहरुलाई ओझेलमा पारिएको देखिन्छ । त्यसो हुनु गोरखालीहरुको लागि दुर्भाग्यको कुरा हो । अन्य जिल्लाहरुले त्यसो गरेको देखिदैन । गोरखामा ऐतिहाँशीक, धार्मीक र सांस्कृतिक सम्पदाहरु प्रशस्तै छन । तर, यसलाई प्रचारप्रसार गरि पर्यटक भित्राउने प्रयाश भने पुगेको देखिन्न ।
अब गोरखामा विलय भएका के कस्ता सम्पदाहरु हुन् भनि केहि लेखाजोखा गर्न चाहान्छु । मगर राजाको पालामा निर्माण भएका बुध्दिवल रानाको घर (बडाहाकीम भवन भनिने) पनि सम्पदाका घर हुन् । उनैको परिवारहरु बस्ने बुट्टेझ्याल, ढोका भएका घरहरु (घरपेटी र खोप्लाङ्गी खलकहरु बस्ने गरेका) पनि सम्पदा हुन् । पोखरीथोकको ठुलोआँगन (जहाँ कृष्णअष्टमीका दिनमा राक्षेशरुपी लाखे कृष्णजि जन्मे पछि मध्येरातमा मारिन्थ्यो) यसको पनि संरक्षण हुनसकेन । यहि ठुलो आँगनको अगाडी पुराना तेलीया ईटा र झिंगटीले बनाईएको बुट्टेआँखी झ्याल र ढोका भएका दुईतले सत्तलपाटी थियो । यसको सत्तलमा जोगीसाधुहरु बस्ने गर्थे । ति सबै पुराना सम्पदाहरु विलय हुनपुग्यो । यस्तैगरि पदेलीटोल, पोखरीथोक, छहरेटोल, पाटीचौर, छिपिटोल र धारापानीमा पुरानाशैलीका ढिक, बार्दली र आँगन भएका घरहरु थिए । कृषी औजार बनाउने मेक्चन र ढाँडगाउँ थिए । वर्षामा बगाउने खालको पानी आउने तिनधारे ढुंङ्गेधारा, खोपीधारा, पोखरीधारा, धारापानी धारा, जुम्रेपानी धारा, बोसीपानी धारा थिए । खोई यसले संरक्षण पाएको ? नयाँनयाँ निर्माण र विकासको नाउँमा पुराना पुरातात्वीक ऐतिहाँशीक संरचनाहरुको विनास हुनुभनेको ऐतिहाँशीक जिल्लाका लागि राम्रो हुँदैन । अझैपनि यसको संरक्षण हुन नसकेमा हराउन सक्ने संभावना धेरै देखिन्छ ।
वि.सं. २०४०–४२ सालतिर पुरातत्व विभागले तल्लो दरबार वरपरका जमीन एकिकरण गरि “गोरखा संग्राहालय र पार्क” निर्माण गर्ने योजनाहरु ल्याईएका थिए । त्यसवेला सयमिटर वरपरका घरहरु अग्ला बनाउन नपाउने, घरलाई भित्र जेसस्तो बनाए पनि बाहिर पुरातान्वीक हिसाबले बनाउनु पर्ने, बजार वरपरको बाटोमा ढुंगाछाप्ने, मठमन्दीरहरु मर्मतसंभार गर्ने, पानीको व्यवस्थापन गर्ने जस्ता कार्यक्रमहरु ल्यायका थिए । यसरि निर्माण पुरागरि विस्व सम्पदामा प्रस्ताव लैजाने कुरापनि सुन्नमा आएको थियो । तर, हामि गोरखालीहरुलेनै यसको विरोध गरि विस्व सम्पदामा लैजान नहुने भनेर निवेदन हाल्न पुग्यौं । यसरि हामि गोरखालीहरु आफै उपबुज्रुक हुनपुग्दा धेरै कुराहरुवाट पछि परेको महशुष भैरहेको छ । सायद, यो कुरा हामि मध्ये कसैलाई ह्याका नहोला । गोरखाबजारको व्यापार व्यवसाय चौपट हुँदै गएको कुराभने महशुष गरेको हुनुपर्छ ।
गोरखा किन पछाडी प¥यो भन्ने विषयमा टिप्पणी गर्नुपर्दा, सानासाना कुराहरुले पनि प्रभाव पारिरहेको देखिन्छ । जस्तैः ठुलोआँगन भन्दा अन्यत्रवाट दरबार गाडि लैजान नहुनु । पुरानो बसपार्क नजिकैको सुचना केन्द्रवाट पर्यटकलाई प्रवेश गराई पार्क र संग्राहालय अवलोकन पछि ठुलोआँगन परिसरवाट बाहिरिने योजना पुरातत्वले बनाएको थियो । यसरि बाहिरिने पर्यटकहरुले पुरातात्वीक ढंगका पुराना बजारमा खाजानाश्ता र होमस्टेमा बसेर पुरानो राजधानीको अनुभव गर्ने थिए । यसरि आउने पर्यटकहरु नयाँ बसोबास र खानावाट दिक्क भएर पुराना बसोबास, खाना र भाँडाकुँडा समेतको अनुभव गर्न रुचाउने थिए । तर खैकेकुराले नगरवासीको मन कुँडायो थाहा भएन । सुचना केन्द्रवाट पर्यटक प्रवेश गराउने कुरामा विरोधगरि रोक लगाईयो । यसले कोकसलाई हानीनोक्शानी र फाईदा पुगेको छ, त्योभने थाहा छैन ।
गोरखामा आउने पर्यटकहरु प्रायजसो ऐतिहाँशीक अवलोकन र तिर्थस्थलका लागि आउँछन । पर्यटकले यहाँको पुर्णरुपमा ईतीहाँशको जानाकारी नपाई फर्कन्छन । मलाई एकजना साथिले प्रश्न गरेको थियो “पृथ्वीनारायणको सिपाहीहरुले कडापानी खाएर आ–आफै काटाकाट गरेकोले पुरिएको थियोरे भन्ने सुनेको थिएँ खोई त्यो काहाँ हो ?” तर, म वाक्क परें । पछि आपुले पनि सुनेकै कुरा संझेर गोरखा दरबारकै तलको खोल्सीमा हो । त्यहिवेला पुरेको अहिले छैन भनें साथिलाई । साथिले भन्नुभयो “यो कडा पानी पुरिएको ठाउँ हो” भनेर बोर्डमा लेखि दिएको भए हुन्थ्योनि भन्नु भयो । यस्तै तत्कालीन अवस्थामा लम्जुङ्गवाट सःसर्त ल्याईएका गोरखनाथको पहिलो पुजारी आशानाथ घिमिरेलाई तत्कालीन राजा पृथ्वीपतीले अपमान गरेपछि गोरखाको पानी नखाने भनि लम्जुङ्ग फर्केपछि राजाले सपना देखेर पुनः लिन पठायको हुँदा आउन नमाने पछि दरबार पछाडी हिटिकुवा नामक कुवा खनाई तुम्बामा ल्याएको चेपेनदीको पानी मिसायको संरचना अहिले पनि संरक्षण पर्खीरहेको छ । हात्ती बान्ने ठाउँ “हात्तीसार” कसरि किन बनाईयो ? भन्ने वारेमा पर्यटकलाई बताउने गरिएको छैन । यस्तैगरि विन्दावासीनी सम्म पर्यटक पुग्ने गरेको छैन । यहाँको ईतिहाँश धेरैलाई थाहाछैन । अन्यत्र भएनभएका बनावटी कुराहरुलाई बेचेर पर्यटक भित्राउँछ । हामि भने भएकै कतिपय पुरातात्वीक तथा ऐतिहाँशीक कुराहरु लुकाई देखाउन सक्तैनौं । ईतीहाँश जान्न गोरखा आउने पर्यटकहरुलाई धेरै ईतिहाँशहरु हुँदाहुँदै पनि रामशाहको दरबार र संग्राहालय मात्र देखाएर फर्काईन्छ । यसले गोरखावासीलाई खासै फाईदा पुगेको देखिदैन ।
पर्यटकवाट फाईदा लिनका लागि केगर्नु पर्ला भन्नेकुरामा पनि थोरै छलफल गर्न चाहान्छु । पहिलो कुरात सदरमुकाम वरपरको मात्र विस्तृत जानाकारी गराउने होभने दुई दिन समय लाग्छ । अर्कोकुरा, गोरखाको ईतीहाँश मात्र देखाएर गोरखाको आर्थीक विकास संभव छैन । पर्यटकीय स्थल सदरमुकाममा मात्र सिमित छैन । गोरखा जिल्ला भित्र थुप्रै ईतीहाँश र पर्यटकीय स्थलहरु छन । जस्तैः लिगलिगकोट, श्रीनाथकोट, अजिरकोट, सुलिकोट, भिमसेन थापाको गाउँ, भिमश्वर माहादेव र सत्तल, जंङ्ग बाहादुर जन्मेको गाउँ, प्रख्यात सितागुफा, शताब्दी देखि हिंशा नगर्ने क्षेत्र चुमनुंब्री, थुप्रै गुम्बा र मस्जीदहरुको कथाकहानी प्रशस्तै छन । यसलाई तत्तत् न.पा र गा.पाले पर्यटक भ्रमण तालीका बनाई आकर्षण गर्न सक्नुपर्छ । यसो भएमा सदरमुकाम वरपरका पर्यटकीय स्थलहरु घुमेर गोरखामा रात विताउन सक्छन पर्यटकहरु । यसको लागि गोरखा नगरपालीकाको सकृयतामा सबै न.पा र गा.पालाई समेटेर जिल्ला पर्यटन विकास समिति गठन गर्नु अत्यावश्यक छ । र यसैले जिल्लाका सबै पर्यटकीय गतिविधिहरु सन्चालन गर्नुपर्छ ।
अर्कोकुरा, साँगुरो गोरखाबजारमा मिलिसियाको सलामी कार्यक्रमले केहि रौनक थपेको भएता पनि पर्यटकहरुले यसलाई पुरानै थलो होभन्ने विस्वास गर्लान् भन्न सकिदैन । कुनैपनि पर्यटकीय संरचना निर्माण गर्दा पर्यटकले विस्वास् गर्ने खालको हुनुपर्छ । मलाई लाग्छ, यसको साटो गोरखा दरबारमा गुरुज्यूको पल्टन (मिलिसिया) लाई सुरक्षाको जिम्मा दिई पुरानै तरिकाको पानी घडी (हामीलेनै देखेको) स्थापना गरि पृथ्वीनारायणको सानो टुंडीखेलमा परेठ खेलाउने र सलामी दिन सकेको भए अलि विस्वासीलो हुनेथियो । सदरमुकाममा मात्र ध्यानदिनुको साटो समष्टी गोरखा जिल्लाकै पर्यटन विकास गरि जिल्लाकै आर्थीक विकासमा टेवा पु¥याउने कोशीस गर्नु उचित होला कि ?
अन्तमा, गोरखा जिल्ला भित्र नयाँनयाँ संरचना निर्माण गर्नुत पर्छनै । त्यो भन्दापनि गोरखा जिल्ला ऐतिहाँशीक जिल्ला हुनुको कारण पुरातात्वीक, ऐतिहाँशीक संरचनाहरुलाई बढि ध्यानदिनु उचित होलाकि भन्ने लाग्छ । पर्यटकहरु नक्कल गरिएको संरचनाहरु भन्दा ऐतिहाँशीक तथा पुरातात्वीक वस्तुहरु हेर्न मन पराउँछन् । पर्यटकहरु जतिसुकै नराम्रा होस् वा नमिठो खानेकुरा होस यस्तैमा एकपटक अनुभव गर्न रमाउँछन । त्यसको लागि जिल्ला पर्यटन विकास समितिले विविध विषयमा छलफल गर्दै अगाडी बढ्नु उचित होला जस्तो लाग्छ । कुनैपनि विकासका कामहरु ठाउँ र परिवेसलाई हेरि योजना बनाउनु पर्छ । ऐतिहाँशीक जिल्ला गोरखामा ईतिहाँश र पुरातत्वीक कुराभन्दा अरुको नक्कल गरि बनाउन सुहाउँदैन । नयाँ संरचना निर्माण गर्दा अन्य जिल्लाहरुमा अवलोकन गर्न नपाईने खालको अनौठो, आकर्षक र अनुभव गर्न लायकका योजनाहरु छनोट गर्नुपर्ने मेरो धारणा रहेको छ । कुनैपनि निर्माणको शुरुवातमा कठिनाई हुन्छनै । यसका लागि नेतृत्व वर्गले आँट र जोखिम भने कबोल्नै पर्छ भन्ने लाग्छ । गोरखाको आर्थीक विकास पर्यटन विकास भन्दा अरुकुनै विकल्प र संभावना नभएको मेरो धारणा रहेकोछ । मैले विगतमा पनि पर्यटन विकास समितिमा रहि यस्तैकुरालाई प्राथमीक्ता दिई १० वर्ष भाडाको घरमा सुचना केन्द्र चलायको थिएँ । अहिले पनि ६ वटा भाषामा हेर्न सकिने गोरखा जिल्लाको वेवसाईटः जततउकस्ररनयचपजबखष्कष्त।अयm सन्चालनमा छ । यसलाई हेरेर सुझावको अपेक्षा गर्दछु । धन्यवाद
बद्री मास्के, गोरखा
मितिः २०८१।११।१६ मा

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Relatetd Post