गोरखाका ऐतिहाँशीक तथा किंबदन्ती गाथाः
बद्री बहादुर मास्के,
गोरखा
यो सबैकुरा बाल्यकालमा हाम्रा गुरुहरु र अग्रजको मुखवाट सुनेजानेका कुराहरु हुन् । यसमा केहि त्रुटीहरु हुन सक्छन । यसको लागि सच्याउने सुझाव सहित क्षेमा चाहान्छु । बद्री मास्के, गोरखा
प्रारम्भः
गोरखनाथका पुजारी श्री ईश्वरनाथ योगीका अनुसारः–
गोरखामा गोरखनाथ उत्पत्ती हुँदा यो माझकोटमा खड्का मगर राजा थिए । गोरखनाथलाई खड्का मगर राजाको निति मनपरेन । किनभने, उसको राज्यमा दुलही लिएर आएका जन्ती पहिले उसकोमा ल्याउनु पर्ने थियो । उसले मोजमस्ती गरेपछि मात्र बुहारी घर लैजान पाउने चलनले गर्दा गोरखनाथलाई मन परेन । त्यसैले खड्का मगर राजा परिवर्तन गर्नुप¥यो भनि गोरखनाथ बाबा तिनशहर नेपाल जानुभयो । तिनैशहरको घरघरमा गोरख जगाउनु भयो । तर कोही जनताले मतलब राखेनन् । यसपछि गोरखनाथ रिसाउनु भई मृगस्थलीमा गएर शेषनाग सहित सबै नागहरु माथि आशन जमाई बाह्रवर्षको तपस्यामा बस्नु भयो । यसपछि नेपाल सहर -काठमाण्डौं) मा पानीपर्न छाड्यो । खडेरिले तिनशहरमा हाहाकार मच्चिन थाल्यो ।
यसरि हाहाकार मच्चिन थालेपछि मल्ल राजाले ज्वोतिषी, गुभाजुहरुलाई बोलाई सोधखोज गर्र्दा गोरखनाथले नागहरुको आशन लगाई बसेकाले पानी नपरेको होभन्ने कुरा थाहापाए । अब गोरखनाथवाट नागहरु कसरि छुटाउने भनि छलफल हुँदा गोरखनाथको गुरु मछिन्द्रनाथ भारतवाट ल्यायो भने गुरुको दर्शन गर्न गोरखनाथ उठ्नु पर्छ । यसपछि नागहरु आ–आफ्नो स्थानतिर लाग्छन । मछिन्द्रनाथ अरु मान्छे गएर बोलाउँदा आउँदैनन् भनि मल्लराजा आफै भारत तर्फ लागेर मछिन्द्रनाथलाई गुहार्नु भयो । मछिन्द्रनाथ एउटा भोटोमात्र लगाई आउनु भएको रहेछ । नेपाल सहरमा आईपुगे पछि भोटो फुकालेर एउटा किशान ज्यापुलाई जतन गर्नुहै भनेर दिनुभै आफ्नो साँचो भेषमा गोरखनाथले ध्यान गरेको ठाउँ मृगस्थलीमा टाढै उभिनु भएछ । मछिन्द्रनाथ गुरु आउनु भएको थाहापाई गोरखनाथ पाउमा दर्शन गर्न उठेर जानु भएछ, यसैवेला सबै नागहरु त्यहाँवाट आ–आफ्नो स्थलतिर गएछन् । अनि नेपाल खाल्टोमा पानीको वर्षाद भएको थियो भनिन्छ ।
यसपछि गोरखनाथ रिसाउनुभै मल्ल राजालाई पखभनि फर्केर आफ्नो गुफातिर आउनु भएछ । यसपछि क्षेत्रीय राजा खोज्दै लम्जुङ्ग जानुभै यशोव्रम्ह शाहका तिनभाई छोरामा जेठो नरपती शाह र माईला भुपती शाह पढेलेखेका थिए । तर कान्छा द्रव्यशाह नपढेका तर बलिया हट्टाकट्टा भएकोले राईनाशमा गाईभैसीको सेवागरि दुध र भात खाउ भनेर उनको आमाले राईनाशमा राखिदिनु भएको रहेछ । कुनैदिन गोरखनाथ भिक्षा माग्न दिउँसोमा पुग्ुनुभै गोरख जगाउनु भएछ । बाबाजि आउनु भएको देखेर दानपुण्य गर्न दिउसो मण्डलमा सबै भण्डार रित्तो भैसकेका रहेछन । बाबाले मलाई दान चाहिदैन गाईको दुध भिक्षदेउ भनेछन । गाईको दुध सकियको भन्दा भित्रगई हेर्न भनेछन । भित्रगई हेर्दात भाँडाभरि गाईको दुध देखेछन । र त्यसैमा खिरपकाई दुबैले खाएछन । यसपछि गूरु गोरखनाथले द्रव्यशाहलाई गोरखाको राज्य तिमिले पाउँछौ भनेर आशिर्वाद दिनु भएछ । गोरखा मात्रै किन माहाराज नेपालको तिनैशहर पाउनु पर्छ भन्दा तिमि मुर्खछौ, तिमिले सक्तैनौ, तिमि पछिको चौंथो राजा पुरुषार्थी निश्कन्छ । उसले न्याय निशाफ र मानापाथी, ढगतराजुको निर्माण गर्छ । सातौंं राजा अझै सक्तिसाली विर हुन्छन् । उसले सबै बाईसे चौविसे राज्य एकीकरण गरि तिनैशहर जितेर विशाल राज्य बनाउँछ । यति भनि गुरु गोरखनाथ अन्तरध्यान हुनुभएछ । यसपछि गुरु गोरखनाथले सबै जनतालाई खड्का मगर राजालाई मन नपर्ने बनाई दिनु भएको कथन छ । यतिवेलाका टाठाबाठा नारायण दाश अर्याल थिए । उनले द्रव्यशाह संग वार्ता गरेछन र पहिले लिगलिग कोटको राजा हुनुपर्छ, यसपछि गोरखाको राजाहुन सकिन्छ भनेछन ।
लिगलिग कोटका राजा द्रव्यशाहले दौडेर राजा भए । गोरखामा तल्लोकोटका मगर राजासंग वार्ता मिलेको हुँदा राज्य द्रव्यशाहले पाए । उपल्लाकोटको घलेराजा संगपनि वार्ता मिल्यो राज्यपाए । तर, माझकोटको मुर्ख खड्का मगर राजासंग वार्ता मिलेन । यसपछि केगर्ने भन्दा गुरु गोरखनाथ बाबाले खड्का मगर राजालाई मन नपर्ने गरि जनताको मन फर्काई दिनु भएछ । अनि खड्का राजालाई स्तुती माछा खुबैमन पर्नेहुँदा उनको हत्यागर्ने प्रपन्च रचेका रहेछन । राजाको आदेश पाएपछि गण्डकीवाट जिउँदै ठुलोमाछा समातेर ल्याएछन । माझकोटको पटांगीमा माछा ल्याएपछि खड्का मगर राजालाई माछाहेर्न बाहिर बोलाय छन । खढ्का मगर राजालाई मार्ने प्रपन्च रच्दा, राजामार्न अर्को राजा तयार हुनुपर्ने हुँदा द्रव्यशाह दरबारको मुलढोकामा तरवार लिएर बसेका रहेछन । त्यतिवेलाका ढोकाहरु होचो सानो हुने भएकोले निहुरिएर निस्कुनु पर्नेहुँदा खढ्का मगर राजा निहुरेर बाहिर निश्कदा द्रव्यशाहले काटेर मारेछन । यसपछि १४८१ देखि तिनैकोटको राजा द्रव्यशाह भएका थिए । यि सबै कुरा किंमवदन्तीको रुपमा कहावत मात्र सुनिन्थ्यो । यसैविचमा गोरखनाथको पुजारि गुरु ईश्वर नाथ योगी द्वारा स्पष्ट भाषामा बताउनु भएको थियो ।
रैथाने ईतीहाँश र कींवदन्तीका कुराहरु महत्व हुन्छ ?
पुर्ववत गोरखाराज्य नेपालको उद्गमस्थल होभन्ने कुरा कसैले नकार्न सक्तैन । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि राजधानी तत्कालीन नेपाल खाल्टोमा नसारेको भए, अझै नेपालको राजधानी गोरखानै हुनसक्ने थियो । तर, राजा पृथ्वीनारायण शाहले मात्र होईनकि यसपछिका सबै राजामाहाराजा र जनप्रतिनिधि भनाउँदाहरु पनि गोरखा छाडे, फेरि कहिल्यै गोरखामा फर्केनन् । यसैको फलस्वरुप गोरखा अहिले जिल्ला अरुभन्दा पछाडी पर्नगएको आभाष हुन्छ ।
पछिल्लो पुस्तालाई ईतिहाँश, किमवदन्तीका कुरा, अनुभवहरु, पहिलो पुृस्ताका घटना र परिघटनाहरु अधिल्लो पुस्ताले हस्तान्तरण नगर्ने होभने थाहा हुँदैन । तिसबै ईतीहाँश र किम्बदन्तीका कुराहरु हराउँछन् । यस्ता सबै ईतिहाँश र किंबदन्तीका कुराहरु पनि देसको गहना हुन्, सम्पदा पनि होभन्नु पर्छ । जुनकुरा पछिल्लो पुस्ता देखि नवआगन्तुक पर्यटकहरु सम्मलाई चासोको विषय हुन सक्छ । जुनठाउँमा जुनकुरालाई महत्व दिएर विकास गर्दा ठिक हुन्छ, त्यहि कुरालाई ध्यान दिनुपर्छ भन्ने मेरो भनाई हो । अनि त्यसैलाई पहिलो प्राथमिक्तामा पनि राख्नुपर्छ भन्ने मेरो धारणा छ । यसैले, यथार्थपरक ईतीहाँस होस वा किमवदन्तीका कुराहरु हुन्, यसलाई संरक्षण गरि जोगाई राख्नु भनेको सन्ततीको लागि सम्पत्ती हुनेछ ।
हाम्रा अग्रज पुर्खा र गुरुहरुले पनि आफुले सुनेजानेका कुराहरु हामिलाई सुनाउने गर्नुहुन्थ्यो । यहि कुराहरुलाई स्मरणगर्दै गोरखामा हाम्रो पुस्तासम्म आईपुग्दा के कस्ता वातावरण, चालचलन, संस्कार र संकृतिहरु थिए । पुर्वजहरुले भोगेका समस्याहरु के कस्ता थिए भनेर पछिको पुस्ताले देख्नेत कुरैभएन, किताबमा पनि पढेर जानाकारी लिन पाउने भएन भन्ने कुरालाई ध्यानमा राखि आफुले सुनेजानेका र थाहापाए सम्मका धेरैथोरै कुराहरु यहाँ प्रस्तुतगर्ने जमर्को गरेकोछु ।
सम्पदा भनेको के हो ?
सम्पदा भनेको अचल सम्पत्ती मात्र होईन । जुनकुरा अहिले खोजेर पाउन सकिन्न, त्योनै सम्पदा हो । सम्पदा ऐतिहाँसीक, साँस्कृतिक, पुरातात्वीक सबै प्रकारको हुनसक्छन् । यस्तो सम्पदाहरु व्यक्तिगत पनि हुनसक्छ, सरकारी र सामुदायीक पनि हुनसक्छ । यसको संरक्षण नहुने होभने भावि सन्ततीले पुराना सम्पदाहरुको वारेमा जानाकारी पाउन सक्ने छैनन् । तसर्थ, सरकारले यसको संरक्षणलाई कडाईका साथ लागुगर्नु पर्छ । बेलायत र फ्रान्समा मैले थाहा पाएको, पुराना व्यक्तिगत घरहरु भित्रको संरचना परिवर्तन गरेपनि बाहिरि आवरण भत्काउन वा परिवर्तन गर्न सरकारले दिदैनन् ।
गोरखाबजार वरपर ऐतिहाँसीक सम्पदाहरु प्रशस्त छन । तर यसको संरक्षण विना विलायर गईरहेको छ । जिल्लाका प्रख्यात ऐतिहाँसीक, धार्मीक तथा संस्कार संस्कृतिका संरचनाहरु सबै हराउँदै गएका छन । गोरखामा रामशाहले बनाएको दरबार र तल्लो दरबार मात्र सम्पदा होईन । यहाँ बुध्दीबल रानाको घर, घरपेटी खलकको पुराना घरहरु, ठुलो आँगन अगाडीको पुराना पाटी, तिनधाराको ढुंगेधारा, पोखरिधारा, पान्चायन परिसरको रानीपोखरी, गणेशथान, विष्णुमन्दीर, सोह्रखोट्टे पाटी, माहादेबथान आदी पनि सम्पदाहरु हुन् । यहि परिसरमा भएको शुर्यनारायणको मर्ती, ठुलोआगनको पुरानो पाटी, बुध्विल रानाको घरभने विलय भैसकेको छ । गोरखा दरबार वरपरका पुरातात्वीक सम्पदाहरु पनि विलय हुँदै गईरहेको देखिन्छ । -यो ठाउँमा थियो ८–१० वटा खोपेको चुच्चे ढुंगा)
चौघेरा संगै विद्या मन्दीर अगाडी विभिन्न आकारको ताकत -सक्ति) नाप्ने गोलो चिटेको ८–१० वटा चुच्चे ढुंगाहरु थिए । अहिले त्यसको अत्तोपत्तो छैन । गोरखपाटी नजिकको पशुपतीमा सुनको जलप लगायको झल्लरी थियो । अहिले त्योपनि हराई सकेको छ । तर कतिपय ऐतिहाँशीक तथा धार्मीक कुराहरु कसैले नसुनेका, नदेखेका, लुकेका किंवदन्तीका कथाहरु पनि हुनसक्छन । यसलाई पनि नयाँ पुस्तामा हस्तान्तरण हुनेगरि जानाकारी दिनु पर्छ भन्ने धारणाले गोरखाका किंबदन्तीका कथाव्यथाहरु समेत यहाँ प्रस्तुत गर्ने जमर्को गरेकोछु ।
राजा रामशाहका न्यायः (ईतिहाँशमा आधारित)
राम शाह गोरखा राज्यका चौथो शाहवंशीय राजाहुन । उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् । दाजु छत्रशाहले राजकुमारको पद परित्याग गरेको हुँदा यिनी रामशाह राजा घोषित भएका हुन्। । उनको शासनकाल वि.सं १६६३ देखी १६९० सम्म २७ वर्ष चलेको थियो । उनले स्वस्ति श्री गिरिराज चक्रचुडामणि नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीमन्त महाराजधिराज उपाधि धारण गरेका थिए ।
राजा रामशाह ज्यादै न्यायप्रेमी थिए भनिन्छ । यसैले त्यतिवेला गोरखाका राजा न्यायप्रेमी छभन्ने वरपरका सासाना राज्यहरुमा चर्चा भएका थिए । उनले आफ्नो राज्यमा ढक, तराजु, माना, पाथी, मुरि, दाम, पैसाको प्रचलन र जिन्सिमा २५ प्रतिशत र नगदमा १० प्रतिशत भन्दा बढी ब्याजलिन नपाउने चलन पनि चलाएका थिए । पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन चलाए । राजा रामशाहको न्यायप्रेमी भएको हुनाले æन्याय नपाए गोर्खा जानूÆ भन्ने उक्ति चलेका हुन् । राजा रामशाहले प्रजाका लागि अनेकौँ हितकारी कामहरु गरेकाले केहि छिमेकी राज्य रामशाहको प्रशासनिक कौशलताबाट प्रभावितभै गोरखामा मिल्न आएका पनि थिए भन्छन् । उनका सुधारका काम छिमेकी राज्यलाई प्रेरणा बनेको थियो अरे । राजा रामशाह नेपालका राष्ट्रिय विभूति पनि हुन्।् । -यि कुराहरु विभिन्न ईतिहाँसवाट साभार गरिएको हो)
यिनले लकाङ, मिर्कोट देउराली, धुवाँकोट, च्याङ्ली, मझुवा, आठार सयखोला आदि विजयगरी राज्य सुदृढ गर्नेकाम गरेका थिए । यिनले वि.सं. १६७१ मा गोरखा पोखरीथोकमा मुरली नारायणको मुिदर, वि.सं. १६९३ मा रामेश्वर महादेवको मन्दिर स्थापना गरेका थिए । ३७ वर्ष शासन गरी वि.सं. १६९० मा मर्याङ्दी र दरौंदीको दोभानमा यिनको मृत्यु भएको थियो । यसैले यो दोभानलाई रामशाह घाट भन्ने चलन छ ।
गोरखा दरबारको निर्माणः (किमबदन्ती)
ऐतीहाँसीक गोरखादरबार राजा रामशाहको पाला वि.सं. १६७० को दशकमा बनेको होभन्ने ईतीहाँशमा उल्लेख छ । यो दरबार पहिले उपल्लाकोटमा बनाउँने भनि दिनभरि काठपात र निर्माण सामग्री थुपारे पछि रातभरमा सबैकाठ र सामग्रीहरु माझकोट -हालको ठाउँ) मा आईपुग्ने गरेको भन्ने किंवदन्तीका कुराहरु हाम्रा गुरुहरुले बताउनु भएको थियो । पटकपटक यसो हुनथाले पछि गुरुपुरोहितको शल्लाहले दरबार यहि ठाउँमा बनाउनु परेको कुरा बताउनु भएको थियो ।
राजा रामशाह न्यायप्रेमी मात्र होईन, विकासप्रेमी पनि भएको प्रमाणहरु भेटियको छ । उनैको पालामा रानी पोखरी निर्माण, पंचायन परिसरको मन्दीरहरु निर्माण, मुशलमानहरु संग राम्रोसंबन्ध भएकोले मित्रताको प्रतिक भनि मुश्लीम कला मिश्रित गुम्बज शैलीमा रामेश्वर माहादेब मन्दीरको निर्माण भएको थियो । वि.सं.१८७० को दशकमा निर्मित गोरखादरबार जुनवेला नेपाल एकिकरण भैसकेको थिएन । त्यतिवेला पनि गोरखादरबारमा लगाईएको तेलीया ईट्टा, झिंगटी, काष्टकलाका झ्यालढोका र टुँडालहरु हेर्दा वाह्य कालिगढहरुवाट निर्माण भएको होभन्ने प्रमाणीत हुन्छ । यसवेलाका राजा माहाराजाहरु सुरक्षाका दृष्टकोणले पनि डाँडाका टुप्पाहरुमा बस्ने गर्दथे भन्नेपनि किंबदन्तीका रुपमा सुनिन्छ ।
बन्दुकको नालवाट दरबारको सुरक्षा वारः
कुनै समय गोरखा दरवार र तल्लो दरबारमा पृथ्वी नारायण शाहको पालाका पुराना बन्दुकहरु प्रशस्त थिए । यसको सुरक्षा नभएकोले हामि केटाकेटी हुँदा यहि बन्दुकहरुभएको ठाउँ तल्लो दरबारको बुईगलमा खेल्न पुगेका थियौं । पछि तत्कालीन बडाहाकीम उत्तम केशरीको पालामा यिसबै बन्दुकको नाललाई गोरखादरबारको छेउमा ढुंगाको पर्खाल हटायर सुरक्षाबार लगाईएको थियो । ऐतिहाँसीक संरचनाको महत्व नबुझे पछि यस्तोपनि हुँदो रहेछ ।
कालीका भगवतीको उत्पत्तीका कुराः
द्रव्यशाहको राज्यारोहण भएको शाके संवत १४८१ आश्वीन शुक्ल प्रतिपदावाट पुरश्चरण आरम्भ गरि मन्त्र शक्तिका प्रभावले तान्त्रीक विधिवाट लम्जुङ्ग कालीलाई लम्जुङ्गवाट दिपसक्तिको माध्यमले गोरखा ल्याई गोरखा दरबारमा कालिकाको स्थापना गरिएको भनि अनुश्रुती गोरखामा छ । यसवाट गोरखामा कालिका भगवतीको स्थापना र गोरखा राज्यको स्थापना संगसंगै भएको देखिन्छ ।
तर, यस स्थानमा गोरखा कालिका भगवतीको स्थापना कहिले भयो भन्ने कुनै यकिन प्रमाण भने भेटिदैन । तर गोरखा वंशावलीमा उधृत भए अनुसार राजा रामशाहले पर्वतका नारायण मल्लको शल्लाह अनुसार पर्वतको ताकम भन्ने स्थानमा काली गण्डकीको किनारमा ६ महिना भगवतीको उपासना गरेको र त्यहाँ उहाँले भगवतीको दर्शन र वरदान पाएपछि फर्केर गोरखामा आएको कुरा उल्लेख गरियको छ । यसवाट राजा रामशाह सक्तिको उपासक भएकाले सक्ति स्वरुपीणी कालीलाई आफ्नो दरवारमा स्थापना गरि ईष्टदेवीको रुपमा उपासना गर्ने गरेको र त्यसपछि यहि क्रमलाई निरन्तरता दिंदै आएको हुनसक्छ भन्ने अनुमान गर्नसकिन्छ ।
सक्ति स्वरुपीणी कालीको चरित्र, साधना र उपासना सम्बन्धमा मार्कण्डेय पुराण, शिव पुराण, कालीतन्त्र जस्ता ग्रन्थहरुमा राम्रो वर्णन पाईन्छ । शक्तिको व्याख्या वैदिक तान्त्रीक र पौराणीक ग्रन्थहरुमा प्रशस्त पाईन्छ ।
कालीका भगवतीको उत्पत्ती (किमबदन्ती)
राजा रामशाहमा निक्कै धार्मीक राजा पनि थिए भनिन्छ । उनकै पालामा गोरखनाथ दरबार नजिकैको गुफामा विराजमान भएको भन्ने किंबदन्तीका कुरा सुनिन्छ । राजा रामशाहका रानी कौशल्या देवी साक्षात देवी थिईन् भन्ने कहावत पनि छ । शिध्द लखन थापा एकदिन टहटह जुनलागेको मध्येरातमा रखवारी गर्दै दरबार वरपर घुम्दाखेरि दरबारको पेटीमा एककेटा र केटि घुमिरहेको देखेछन । यो देखेपछि शिध्द लखनथापाले तरवार झिकेर कोहो दरबारमा नाठो खेलाउने ? भनि जाईलाग्दा केटा शिंह र केटि कालिका भगवती भएको किंवदन्ती सुनेका थियौं । यसरि शिध्द लखनथापालाई कालीका भगवतीले प्रत्यक्ष दर्शन दिएका थिए भन्नेपनि सुनिन्छं । यसपछि कालीका भगवतीले शिध्द लखन थापालाई साथमा लिएर मस्र्याङ्ंदी र दरौंदीको दोभान -रामशाह घाट) देवीहरुका दिदिबहिनीहरु मनकामना, छिम्केस्वरी र कालीका भगवतीहरुको भेटघाटमा साथै लैजाने गरेका थिएभन्ने किंबदन्ती छ ।
शिध्द लखन थापाले कुनै एकदिन राजा राम शाहलाई : हजुरको रानी कालीका भगवती देवी होईबक्सीन्छ भन्ने संकेत गरेपछि राजा राम शाहले रानीको चियोगर्दा रानीलाई राती विछौनामा देखेनन् । रानी विछौनामा आउँदा उनको शरिर चिसो भेटेपछि राजा रामशाहले भनेका थिएरे : माहारानी हजुर काहाँ गईबक्सेको थियो ? अहिले सम्म हजुरलाई मैले रानी भन्ने ठानेको थिएँ । तर, हजुर कालीका भगवती होईबक्सीदो रहेछÆ भनि राजा रामशाहले रानीको पाउसमाते पछि रानी शिला भएकी हुन् भन्नेपनि कहावत छ । र यिनै कालीका भगवतीको शिलानै हालसम्म बन्द बाकसमा राखिएको होभन्ने किंमवदन्ती पनि छ । हालसम्म पनि सोहि बाकसमा रहेको भगवतीलाई चाँदीको झल्लरी छाता ओढाई बडादँशैको घटस्थापनाको दिनमा विहानीपख सवेरै -हातको रौंदेखिने वेलामा) पुजाआजा ग्रहण गराउन कैलाशवाट भित्रभित्रै रङ्गमहल हुँदै पातालको कोठामा सारिने गरिन्छ । र पुजा सकिय पछि पुर्णीमाको दिन साँझमा पातालवाट बाहिर पटांगी हुँदै कैलाशकुटमा सारिने गरिन्छ । यसैलाई हामि देउतासारेको भन्ने गर्छौ । यो किंमवदन्तीका कुरा हाम्रा गुरुहरु र पुर्खाले सुनाउने गरेका थिए ।
सुनडांडाको मगरको वस्ति र पहिरोः (पुर्वजका कुरा)
गोरखाको पुरानो गोरखा राज्यका राजा रानामगर थिए भन्नेकुरा अहिले ईतिहाँशले पनि बताउँ छ । यसैले गोरखाराज्यको वरपर मगरगाउँहरु अहिले पनि यथावत छ । कालिका भगवतीको पुजारी अहिले पनि मगरजातीनै रहेकोछ । यस गोरखा राज्यको वरपरका धेरै नामहरु मगर भाषामा राखियको देखिन्छ । जस्तैः मगर भाषामा पानीलाई æडिÆ भनिने हुँदा नदीको नामपनि दरौंडी, मस्र्यांडी, माडी भनियको कथन पनि छ ।
गोरखा दरबार देखि रानिवन सम्मको डांडालाई परापुर्व कालमा सुनडांडा भन्ने गर्दथे । यस सुनडांडालाई हाल कुहिरेभिर भनिने गरिन्छ । यसै ठाउँ र दरबार क्षेत्रको विचमा मगरगाउँको ठुलै बस्ती थियोअरे । यो मगरगाउँको वस्तीनै तिनसय वर्ष अगाडि पहिरोगई धोस्त भएको भनिन्छ । त्यसैवेलाको पहिरोले थुपारेको ठुलाठुला कालो ढुङ्गाहरुको चाङ्गलाई अहिले तल्लो र माथिल्लो ढडेन् भन्दछौं । यस ढडेन्लाई हाल रक्गार्डेन बनाउने प्रस्ताव गरिएको छ । पछिल्लो विसौं शताब्दीमा पनि खेतवारीमा कामगर्नेहरुले उक्त मगरगाउँको ढिकिको ओखल, झाँतो, सिलौटो फेलापार्ने गरेको बताउने गरेका थिए ।
घटस्थापनाको दिन देवता सार्ने कुराः (अझै चलनमा)
पुरानो चलन अनुसार रामशाह तथा पृथ्वीनारायण शाहको दरबारवाट हरेक वर्षको घटस्थापनाको दिन विहान उज्यालो हुनेवेला -नाडिको रौंदेखिने) भएपछि दरबारवाट भित्रभित्रै पुजाआजा भोगखान कालीदेवी पश्चिमको महलतिर ल्याईन्छ । यसै कृयालाई हामि देउतासार्ने कार्यक्रम भन्छौं । यसवेला बन्दुकको दुईबढाई गरि समस्त धर्मावलम्वीहरुलाई जानाकारी दिने गरेको पाईन्छ । यतिबेला वरपरका धर्मावलम्बीहरु देउता सारेका हेर्नभनि रातिनै दरबार पुग्नेगरेको देखिन्थ्यो । यसपछि पुनः पुर्णीमाको दिन कालिका भगवतीलाई बाहिरको पटांगी हुँदै दरबारतिरकै कैलाशमा सारिने चलन अझै यथावत छ ।
बडादशैंको नवरथामा मालसिरि गाउने र फुलपु¥याउने चलनः
गोरखाकाली भगवतीको मन्दीरमा दैनिक पुजाआजाका लागि बडादशैंको नौरथाभरि गोरखाबजारका तत्कालीन हामि केटाकेटीहरु विहानसवेरै फुलपु¥याउन जानेगर्दथ्यौं । यसवेला अगिल्लो दिन फुलखोजेर टपरिमा मन्दीर जस्तैबनाई बाहिर सितमा राख्ने गर्दथ्यौं । र विहान सवेरै जतिसके चाँडो केटाहरुको समुह मिलेर दरबारमा फुल पु¥याउन जान्थ्यौं । यो फुल पु¥याउन कोचाँडो जानेभन्ने पोखरिथोक र पाटीचौरको होडवाजी हुनेगथ्र्यो । यसैले चाँडोजाने समुहले चन्ननी चौतारामा पुगेपछि ठुलोस्वरले चन्ननी माईको जयजयकार गरि पछिपर्ने समुहलाई सुनाउने गर्दथ्यौं ।
यसरि फुलपु¥याएर फर्कने क्रममा ठाउँठाउँमा राखेको रोटेपिङ्ग, लिंङ्गेपिङ्ग खेल्दै घरमा आईपुग्ने गर्दथ्यौं । यसरि फुलपु¥याए बापत चतुर्दशीको दिनमा एक/एक राँगोको टाउको दिनेचलन पनि थियो । केटाहरुको समुह यसरि गोरखाकाली भगवतीमा फुलपु¥याउँथे भने केटिहरु उज्यालो भएपछि नौरथाभरि हरेकदिन पुजागर्न जान्थे । बुढापाकाहरु नुहाईधुवाई सकेर विहान गोरखाकालिको दर्शनगरि पटांङ्गीमा मालसिरि गाउने गर्दथे । यसरि गोरखाको बडादशैंको पुजागर्ने चलन थियो । तर आजकल योसबै चलन छोड्दै गएको देखिन्छ ।
छोप्राकीले हेर्ननहुने फुलपातीः
गोरखा दरबारमा हरेक वर्ष बडादशैंमा कालिका भगवतीको पुजाहुने गर्छ । यो कालीका भगवतीको वारेमा किंवदन्ती माथि उल्लेख भैसकेको छ । हरेक बडादशैंमा सप्तमीको दिन दशैंको फुलपाती बैडाउने नाममा कालीका मन्दीरवाट सतिपिपल सम्म फुलपाती लिन जानेगर्छ । यो फुलपाती पहिलेपहिले मिलिसिया सिपाहिहरुले आजकल नेपाली सेनाले निशानको पुजागरि सतिपिपल सम्म फुलको डाली ल्याउँछन । यहि फुलपातीको डालीलिन कालीका मन्दीरवाट बाजागाजा सहित राजदरबारबाट आएका कलसीनीहरु र निशान बोकेका शुसारेहरुको लावालस्कर लिई बन्दुकको बडाईगर्दै सतिपिपल सम्म व्यारेकका सिपाहिहरुले ल्यायका फुलपातीको डोली लिनजाने गर्छन ।
यहि फुलपातीको बाजागाजा र बन्दुकको बडाई रामशाह चौतारोको पछाडी उत्तरतिरको भागमा बन्द गर्छन । कुनैवेला यो ठाउँवाट गरेको बन्दुक बडाई र बाजागाजाले छोप्राकवाट हेर्ने दर्शालुहरु तर्सेर बारको घोंचाले गलगाँड फुटी मरेको हुँदा बाजा र बन्दुक यो ठाउँमा बन्दगरिएको भन्ने किंवदन्ती अझैपनि छ । यसैकारण त्यसवेला देखि योठाउँमा बाजागाजा र बढाई नगर्ने चलन चलेकोछ । गोरखाको यो फुलपाती विहान सवेरै ठाउँठाउँमा भारल्याउने सल्यानटार, कटुन्जे, थर्पु, नुवाकोटका कुमालजातीहरुले दौडेर एकैदिनमा काठमाण्डौं हनुमान ढोकामा पनि फुलपाती पु¥याउने गर्दथे भन्ने सुनेका थियौं । यहाँको फुलपाती पुगेपछि मात्र हनुमान ढोकामा फुलपातीको कार्यक्रम शुरुगर्ने चलन अझै यथावत छ ।
लखन थापा कसरि शिध्द भए (किमबदन्ती)
तत्कालीन समयमा राजाको दरबारमा समय समयमा भाईभारदारहरुलाई भोजभतेर खुवाउने चलन थियो रे । लखन थापामगर पनि गोरखा दरबारमा काम गर्ने गर्दथे । यसैले दरबारको भोजको लागि दरबारका कामदार र जनताहरु भोजखाने टपरिका लागि सालको पातटिप्न जाने चलन थिए । यसोत गोरखाबजार वरपरका गाउँघरमा विवाह वर्तवन्धको भोज भतेरमा वि.सं. २०२०–२२ सालसम्म पनि गाउँले मिलेर सालको पातटिप्ने जानेचलन थियो । लखन थापा पनि दरबारका भारदारहरुको भोजका लागि सालको पातटिप्न जंगलतिर गएका थिए रे । सालको पातटिप्ने क्रममा जतिजति जंगल भित्र गयो उत्तिनै राम्रोपात पाउँने हुँदा जंगलको धेरैभित्र पुगेछन । यसैवेला एउटा बाबाजि लखन थापाको नजिक आएछन । बाबाजीले लखन थापालाई बोलाई तिमिलाई के खान ईच्छा छभनि सोधेछन । लखन थापाले खिरखाने ईच्छा व्यक्तगरेपछि बाबाजीले नाक बजायर ठुला भ्यागुता बोलाए छनरे । त्यहि भ्यागुताको कमण्डलुमा दुधदुहुन लगाएर झोलीवाट चामल झिकेर खिरपकाई लखन थापालाई खानदिएका थिए रे । यसपछि लखन थापालाई बाबाजीले आफ्नो सामुन्ने राखेर ध्यानगर्न लगाई उसको आत्मालाई शरिरको सबैअंगमा पु¥याई सकेपछि बाबाजिले लौ अब तिमि शिध्द भयौ भनि पठाएका थिएभन्ने किंबदन्ती छ । योकुरा लखनथापाले कसैलाई भनेका थिएनन् अरे । लखनथापाले बाबाजि पक्कैपनि गोरखनाथ बाबा भएको थाहा पाएछन ।
लखन थापाले दरबारको बैठकमा अनौठोअनौठो हरकत देखाउन थालेका थिए भनिन्छ । शिध्द लखन थापा बाबा गोरखनाथको भक्त थिए । एकदिन दरबारको भोजको तयारी हुँदैगर्दा लखनथापाले जुरुक्क उठेर काशीकाशी भन्दै दौराको बाहुलावाट पानी निचोरेका थिए भनिन्छ । किन के भयो भनेर प्रश्नगर्दा शिध्द लखन थापाले काशीमा एउटा डुङ्गा पानीमा डुब्यो अनि डुबेका मान्छेहरु निकाल्ने क्रममा मेरो बाहुला पानीले भिजेको होभनेका थिएरे । यसैगरि अर्को दिन राजा रामशाहको रातिको सभामा लखनथापा खित्का छाडेर हाँसेछन । यसरि राजाको सभामा हाँसेर खिल्लि उडाएको भनि लखन थापालाई पक्रेर सोधपुछ गरेका थिएअरे । लखनथापाले सफाई दिनेक्रममा पाल्पामा एउटा महिला नर्तकी नाच्दैगर्दा उनको फरिया फुस्केकोले हाँसेको हुँभने पछि राजाका भारदारहरुले पाल्पामा बुझ्न पठाउँदा लखनथापा पनि यहिँ अगाडि बसेका थिएभन्ने खवर प्राप्त गरेपछि लखनथापालाई छाडेका थिएअरे भनिन्छ । यसपछि शिध्द लखनथापा भनि घोषणागरि छाडिदिएका रहेछन ।
मनकामना भगवतीको उत्पत्ती (शिध्द लखनथापाको परिवार पुजारी)
लखन थापालाई गोरख बाबाको आशिस प्राप्त भएपछि बाबाले लखन थापालाई विभिन्न कुराहरुको सुचना दिने गरेका थिएअरे । यसै सन्दर्भमा राम शाहका रानी कौशल्यावती काली भगवती हुनभन्ने सुचना पनि बाबाले दिएका थिएअरे । लखन थापा दरबारको सुरक्षाका शिलसिलामा राती दरबारको रखवार गर्दैगर्दा गोरखा दरबारको पटाङ्गीमा एकजना पुरुष र एकजना महिला घुमीरहेको देखेछन । त्यो देख्नासाथै लखन थापाले कोहो राजाको दरबारमा नाठो खेलाउने ? भन्दै तरवार उठायका थिएअरे । तत्काल केटामान्छे बाघ र केटिमान्छे भगवतीको रुपधारण गरि लखन थापालाई दर्शन दिएका थिएअरे ।
काली भगवतीले लखन थापालाई साथै लियर मस्यांदीको त्रिवेणीमा दवीहरुको भेटघाटमा गएका थिए भनिन्छ । यसरि लखन थापा काली भगवतीको भक्त हुँदैगर्दा एकदिन राजा रामशाहलाई पनि यो संकेत लखन थापाले दिएका थिए भनिन्छ । यसपछि राजा रामशाहले राति चियोगर्दा ओछ्यानमा रानीलाई देखेनन् । रानी फर्केर आएपछि रानीको शरिर चिसो देखेर राजाले रानीलाई हजुर भगवती हुनुहुँदो रहेछ, क्षेमा पाउँभनि पाउमा ढोगेपछि रानी काली भगवतीको शिला भईन् भन्ने किंवदन्ती पनि छ ।
तर, अर्काथरीको किंमवदन्ती पनि के छभने, राजा रामशाहको देहवशान भएपछि रानी कौशल्यावती सतिजाने वेलामा लखन थापाले रानीलाई æअब म कसरी बसौं ?Æ भनेर सोधेका थिएअरे । यसैवेला रानीले म रगत सहितको शिलाभै उत्पत्ती हुन्छु । त्यहि शिलालाई पुजागरि बस्नु भनेर आशीष दिएका थिएपनि भनिन्छ ।
शिध्द लखन थापा अलपः– (किमवदन्ती)
अन्तमा यिनै शिध्द लखनथापा मनकामनामा बसेका रहेछन । शिध्द लखनथापा एक्कासी मनकामनावाट गायव भएछन । एकदिन… दुईदिन… गर्दागर्दै बाह्रवर्ष सम्मपनि घर नफर्के पछि निजको काजकृया गरेका थिएअरे । एकदिन शिध्द लखनथापा भिमसेन पातीको लठ्ठी टेकेर लुखुरलुखुर आउँदै गरेको बक्रेस्वरी डाँडामा गोठालोले देखेछन अरे । गोठालोले शिध्द लखनथापालाई æतिमि बाह्रवर्ष सम्ममा पक्कैपनि मरिसक्यो होलाभनि घरमा काजक्रिया पनि गरिसक्यो, अहिले तिमि आउँदैछौÆ भनेका रहेछन । योकरा थाहा पाएपछि शिध्द लखनथापाले हातमा लिएको भिमसेनपातीको लौरो नजिकैको आहालमा गाडेर æमेरो सन्तानलाई एकमाना खान कहिल्यै दुःखनहोस र धनीपनि कहिल्यै नहोसÆ भनि श्रापदिई बक्रेस्वरीमा अलप भएको भन्ने किंवदन्ती पनि गुरुहरुवाट सुनेका थियौं । सो लखनथापा गुफाको नाउँमा बक्रेस्वरी माथिको डाँडामा गुफा छदैछ । अहिले कसैकसैले यसलाई बंग्याएर अलि फरकधारमा बताउने गरेका छन ।
गोरखाका पान्चायन परिसरका कुराः -ईतिहाँशमा आधारित)
गोरखाका पान्चायन क्षेत्र भनेको राजा रामशाहले आफ्ना रानी कौशल्या देवीले चारधामको दर्शनगर्ने ईच्छा गरेपछि धेरैदिन हिडेर वा बोकायर जान नसक्ने भएकोले पोखरि निर्माण गरि चारधामको पानी यहि पोखरीमा राखेर राजा रामशाहका रानीले चारधामको दर्शन गरायकोले यसको नामपनि रानीपोखरी भन्नेगरेका रहेछन । राजा रामशाहले भारतका मुशलमान बादसाह संग राम्रो दौत्यसंबन्ध राखेका हुनाले मुशलमान कालीगढहरु पठाई पान्चायन परिसरका शुर्यनारायण, गणेशको मन्दीर, विष्णुको मन्दीर, माहादेवको मन्दीर र रानीपोखरी निर्माण गरेका रहेछन । यसैले माहादेवको मन्दीर र गणेशको मन्दीर हिन्दु र मुशलमानको मिश्रित आकार देखिन्छ । र यहाँ पाँचवटा धार्मीक देवदेवी रहेकोले यस क्षेत्रलाई पान्चायन क्षेत्र भन्ने गरेका रहेछन । हाल यसलाई पनि किंबदन्तीको रुपमा लिने गरिन्छ ।
राधा वल्लभेस्वर माहादेवः
यो मन्दीर निर्माण शाके सम्वत १७३४ तद्अनुसार वि.सं. १८६९ मा भएको हो । यो मन्दीरको पुजारी राजा गिर्वाणयूध्द शाहको मुख्य पुरोहित राधावल्लभ अर्याल रहेको थियो । उनिले पाँचवटा विवाह गर्दापनि सन्तान नभए पछि यसको रेखदेख र पुजाआजका लागि आफ्नै भान्जा चक्रपाणी आचार्यलाई जिम्मा लगाई आफ्नै पाखो तथा खेतीयोग्य जमीनहरुको गुठि कायम गरिदियका थिए । र वाँकी जायजेथाहरु विभिन्न जातजातीलाई वाँडफाड गरि यस मन्दीरको पुजाआजाको व्यवस्था गरेका थिए । हाल उनै चक्रपाणी आचार्यका सन्तानवाट पुजाआजा गरिआएको छ । यसको जिर्णेद्वार पहिलो पटक वि.सं २०२० सालमा सुब्बा भिमप्रसाद उपाध्यायको अग्रसरतामा र दोश्रो पटक वि.सं. २०४५ सालमा सेभ द चिल्ड्रेनको आर्थीक सहयोगमा भएको थियो ।
बाहादुर पानीको कुवाः -किमवदन्ती)
गोरखा दरबार भन्दा तलको हनुमान भन्ज्याङ्गको वायाँतिर पृथ्वीनारायण शाहको पालाका ज्यादै कडा खालको पानी भएको कुवा थियो भन्ने किंवदन्ती छ । यो पानीखाने मान्छेहरु ज्यादै कडा स्वभावको निडर, झगडालु हुने भएकोले कुवालाई पुरेर दबाईएको थियो भन्ने किंबदन्ती पनि छ । गोरखामा आउने पर्यटकहरुलाई सांकेतिक वोर्ड राखेर भएपनि यो बाहादुर पानी दवाईएको ठाउँ देखाउनु पर्छ । अन्यत्र, नभएका काल्पनीक कुराहरु पनि पर्यटकलाई झुक्याउने गरि देखाईएका हुन्छन । तर हाम्रो गोरखामा भने यथार्थतामा आधारित ऐतिहाँशीक कुरापनि पर्यटकलाई देखाउन प्रचार गर्न सकिरहेका छैनौं ।
हात्ती बान्ने थुम्कोः -यथार्थपरक ईतिहाँशमा आधारित)
हनुमान भंज्याङ्ग भन्दा तलतिर एउटा थुम्को अहिले पनि छ । यसलाई हात्तिसार थुम्को भन्ने चलन छ । राजा रामशाहको पालामा सो थुम्कोमा हात्ती बान्ने गरेको थियो भनिन्छ । तिब्बतका बादसाहलाई राजा रामशाहले आमन्त्रण गरेका थिए । ति तिब्बतका बादसाह ठुलो हात्ती देखेर यतिठुलो जनावर भनेर छक्कपरेका थिए भनिन्छ । यति ठुलो जनावरले केखान्छ भनेर सोधेछन । राजा रामशाहले आफ्नो जनताले नुनखान नपाई रहेको वेलामा भनेर यो हात्तीले नुनुखान्छ भनेछन् । यसपछि तिब्बतका बादसाहले æउसोभए म नुन् पठाई दिन्छु भनि भोटवाट नुनपठाई दिएका थिए पनि भन्ने कथन छ ।
बुध्दीवल रानाको घरः -ईतिहाँशमा आधारित)
ईतीहाँशले बतायकै कुरा हो, गोरखा राज्य शाहवंश शुरुहुनु भन्दा अगाडी मगर राजाले राज्य गर्दथे । यसैवेला बुध्दीवल राना भन्ने व्यक्ति राजाका मुख्य भाईभारदार थिए भनिन्छ । उनि बस्ने घर पोखरिथोक भन्दा माथि ठाडोबाटो नजिक, नयाँ चौतरा भन्दा तलतिर थियो । यहि गोरखा दरबार जाने ठाडो बाटोवाट बुध्दीवल रानाको घरसम्म जाने दोहोरो घोडा हिडाउन मिल्ने करिव दसफिटको चौडाई भएको बाटोमा दायाँवायाँ पर्खाल लगाईयको थियो । यो घर ठुलाठुला झ्याल र बार्दली भएको, पहिले झिंगटीको छाना, पछि जस्ता लगाईएको हामि सबैले देखेका थियौं । यहि घर नजिकै घोडाबान्ने तबेला पनि थियो । विसं २०१७ सालमा यहि घरमा उत्तम केशरि बडाहाकीमको क्वाटर थियो । विसं २०१७ सालको नरहरी नाथ योगीले कर्मविर पार्टी मार्फत चलायको आन्दोलनमा १७ जना आन्दोलनकारी मारिदा यहि क्वाटरवाट पनि गार्डले गोली चलायका थिए भनिन्थ्यो ।
बुध्दीवल रानाको जिउज्यान धेरै ठुलो थियो भन्थे । त्यतिवेलाका चलन अनुसार ठुलाबडाहरु भातखान बस्दा ठुलो पिर्कामा पलेटीकसी बस्थे । यसरि उनि भातखाएर उठ्दा पानीखान संगै लिएर बसेको करुवा कुचिन्थ्यो भन्नेपनि सुनेका थियौं । यसैताका गोरखा राज्य र भोटखोलाका राज्यसंग लडाई भएको थियो भनिन्छ । लडाई केकुरामा भएको थियो भन्नेकुरा भने सुनेका थिएनौं । यो सबै घटना भने ईतिहाँशको रुपमा यथार्थपरक थियो । यसवेलाको लडाईमा बुध्दीवल रानाले गोरखा राज्यको तर्फवाट नेतृत्व गरेका थिए भन्ने सुनेका थियोैं ।
यसैले पछिसम्म हाम्रा गुरुहरुले हामिलाई बुध्दिवल रानाको सवाई सुनाउने गर्नुहुन्थ्यो । यतिवेला गाउँघरमा समाचार र सुचनाका कुराहरु गितको रुपमा घरघर चाहार्ने गन्धर्भ र पंडितहरुले सवाईको रुपमा सुनाउने चलन थियो ।
बुध्दीवल रानाले नेतृत्व गरेको भोटको लडाईका निम्न सवाई मैले अशोक राना ज्यूवाट प्राप्त गरि जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु ।
यसरि लडाईमा कप्तान बुध्दीवल रानाले आफ्नो पेटमा चोट लागेर भुँडीनै बाहिर निश्कँदा पनि घुँडा टेकेर दशजना भोटका सिपाहीहरुलाई मारेका थिए भनेर पछिसम्म गाउँघरमा सवाईको गित गाउने गरेका थिए । तर, पछि आएर यसलाई किमवदन्तीका रुपमा लिने गरियो ।
यो बुध्दीवल रानाको घर लामो तेलीया ईटा र झिंगटीको छाना भएको धेरै ठुलो घर थियो भन्ने सुनेका थियौं । यो घर १९९० सालको भुकम्पले भत्कीय पछि बुध्दीवल रानाको घरलाई आधामात्र बाँकी राखि मर्मत गरिएको भनेर हाम्रा गुरुहरु र अग्रजहरुले बताउने गरेका थिए । तत्कालीन अवस्थामा यसको वरपर केकति जमीन थियो त्यो भने थाहाहुन सकेन । तर, पछि थाहा पाएको र देखेको जिल्लाका ततकालीन बडाहाकीम, विशेष अधिकृत, प्रमुख जिल्ला अधिकारी बस्ने क्वाटरको रुपमा प्रयोग गर्ने गरियको थियो । विसं २०७२ सालको भुकम्प सम्मपनि यो बुध्दीवल रानाको घर थियो । यसपछि सो पुरानो घरलाई संरक्षण गर्नुको बदला पुरै नामनिशाना नहुने गरि भत्काई सरकारको नाममा बाँकी रहेको करिव १.५–२ रोपनी जग्गामा प्रमुख जिल्ला अधिकारी बस्ने नयाँ भवनहरु बनाईएको छ ।
यहि बुध्दीवल रानाको घरभन्दा केहि तल छहरे टोलमा पनि उनिहरुकै सन्तानहरु बसोबास गर्ने ईटाको गारो र झिंगटीको छाना, बुट्टेझ्याल ढोका भएको दुईतिन तले घर २–३ वटा हामिले पनि देखेका थियौं । केहिवर्ष पछि खोप्लाङ्गवाट आएका सानोबाबु श्रेष्ठका परिवारले किनेर केहिवर्ष यहि घरमा बसेका थिए । यि घरहरुमा संरक्षण गर्नुपर्ने खालको सम्पदायूक्त घरहरु थिए । हामिले थाहा पाउँदा सम्म परंपरा देखि चलि आएको रितिथिति भनेर यो घरहरुको आँगनमा गाईजात्राका नाचहरु पनि नचाउन लैजाने गर्दथे । सायद परापुर्वकालमा बुध्दीवल रानाका सन्तान भाईभारदार भएको हुँदा गाईजात्राको नाचहरु पनि त्यस घरमा देखाउन, नचाउन लैजाने गरेका थिए होलान् । यहि परम्परा पछि सम्मपनि बसिरहेको हुनुपर्छ । अन्तमा केहिवर्ष पछि यि घरहरु भत्काएर नयाँ घरहरु निर्माण गरियो । यसरि गोरखाबजारका ऐतिहाँशीक सम्पदाहरुको विनास भएका थिए । यस्ता पौराणीक सम्पदाहरुमा गोरखाली कसैको पनि ध्यान गएको पाईएन ।
पुरानो ढुंगेधारा खोपीधाराः
गोरखाबजारको खोपीधारा पनि एउटा गोरखाको सम्पदा हो । पुर्वकालमा यसको पानी शुध्दसफा र पौष्टीक मानीने गरिन्थ्यो । अझैपनि यस धाराको पानी सबैले खानको लागि भनेर लिनेगर्छन । तर, अब यसभन्दा माथि घरहरु बनेको हुँदा कति शुध्दहुन्छ भन्नेकुरामा शंकैछ । कसले कहिले निर्माण गरेको भन्ने कथन अहिले सम्म फेलापरेको छैन । तर, हामिले केटाकेटीको बेलामा देखेको यसको माथि चार सुरमा खरिको ठुलाठुला रुख थियो । यो खोपीधाराको पानी सदासर्वदा उस्तैश्रोत हुनेगथ्र्यो । विगतमा यस धारामा प्राय छोरिमान्छेहरु जादैनथे । छोरामान्छेहरु मुखधुने, कृयापुत्रीहरुले प्रयोग गर्ने र बटुवाहरुले पानी खाने गर्दथे । यसको संरक्षण नहुँदा पनि अझैपनि यसको रुपमा फरक परेको छैन ।
तर माथिको रुखहरु भने मासियो । नयाँ रुख लगाउनको साटो पार्क तथा आराम स्थल निर्माण गरियको छ । तर, धारा माथि पार्क तथा आराम स्थल कति सान्दर्भीक छभन्ने कुराचाहीं सोंचनीय विषय हो । तैपनि गोरखालीले यस धारालाई पनि सम्पदाका रुपमा संरक्षण गर्न जरुरी छ ।
मिलिसिया सिपाहीहरुको परेठ र पानी घडीः
हामि साना केटाकेटी हुँदाको बखत देखेजानेकै कुरा हो । यहि फोटामा देखिएको तल्लो दरबारमा जिल्ला प्रशासन, माल, अदालत, प्रहरी कार्यालय, औषधालय, सानागुरु र ठुलागुरुले पढाउने गरेका पाठशाला, पछि गएर राबा बैंक, हेल्थ सेण्टर आदी र मिलिसिया सिपाहीहरु पनि बस्दथे । यसैमा सबै अड्डाहरु रहेको थिए । यसवेला मिलिसियाका सिपाहिहरुले यहाँका बैंकजस्तै कामगर्ने मालअड्डाहरुको सुरक्षा गर्दथे । यि सिपाहिहरुको सैनचढायका बन्दुक लियर पालोबस्थे । त्यत्तिवेला घडिको चलन नभएकोले पानी घडी भनिने ठुलो तामाको कुँडियामा पानी भरेर सानो तामाकै कचौरा जस्तोको पिंधमा सानो प्वालपारी झुग्रोको टुक्रा प्वालमा राखेर पानीले भरेको कुँडियामा तैरायको हुन्थ्यो । यो कचौरा डुबेपछि सिपाहिले एकघडि, दुईघडि, तिनघडि भनेर घण्टी ठोक्ने गर्दथे । त्यहि घण्टीको आधारमा मान्छेहरु समयको नापजाँच गर्दथे । र ति सिपाहीहरु तल्लो दरबारबाट लस्करै ड्रम र विकुल बजाउँदै परेठ खेल्न टुँडिखेलमा जान्थे । यहि हेर्न भनेर टाढाटाढा देखि मानिसहरु आएको हुन्थे । अहिले योपनि पुरातात्वीक तथा ऐतिहाँसीक कथा हुनेथियो ।
गोरखाका सम्पदाहरुको विनासः -यथार्थतामा आधारित)
ऐतिहाँशीक सम्पदा भनेको नयाँ निर्माण गरिएको संरचना होईनन् । पर्यटकहरु परापुर्व कालका धेरै पुराना संरचना, साधन तथा औजारहरु के कस्ता थिए भनि हेर्न र जान्न चाहान्छन । ऐतिहाँशीक सम्पदा भनेको घर, दरबार र सरसामान मात्र होईन । संस्कार, सँस्कृति र सरसामानहरु पनि ऐतिहाँशीक तथा पुरातात्वीक सम्पदा हुन । यसैले यि सबैथरि सम्पदाहरु भावीपुस्ताका लागि भनेर जोगाउनु जरुरी छ । हामिले जान्नेबुझ्ने हुनुभन्दा अगाडी केकस्तो सम्पदाहरु थिए । त्यो सबै संरक्षण नहुँदा अहिले हामिले देख्नहेर्न पायनौं ।
गोरखाका पुराना दरबारहरु पुरातत्व विभाग मातहतमा भएकोले स्थानीयले यसलाई चलाउन पाएका छैनन् । हामिले सुनेजानेका, देखेका र केहि पुर्वजहरुले बतायका पुराना सम्पदाहरुका वारेमा यहाँ केहि चर्चागर्न चाहान्छु ।
पोखरिथोकको ठुलोआँगनः
बास्तवमा स्व.चामनारायण जोशी -चाममुखीया) को सन्तान स्व.गणेश प्रसाद जोशी -विहार भुन्टे), स्व.कालीका प्रसाद जोशी -च्यांग्रा कान्छा), स्व.नरनारायण जोशी, श्यामलाल जोशी -घुर्रामाईला) हरुको घरको आँगन ठुलो थियो । यो ठुलो आँगनमा ठाडोगरि ईट्टा विछ्याईयको थियो । तत्कालीन अवस्थामा यसैलाई ठुलोआँगन भनिने गरिन्थ्यो । यहि घरहरुको आँगनवाट कृष्णजीको रथ् निकाली बजारपरिक्रमा गराउने चलन थियो । यो चलन अझैपनि तिनैका परिवारले अन्य ठाउँवाट निकाल्ने चलन यथावत छ ।
कृष्ण अष्टमीको दिन आधारातमा कृष्णजीको जन्मेको साईतमा लाखेमार्ने चलन यहि ठुलोआँगनमा गरिन्थ्यो । यहि आँगनवाट गाईजात्राको दिनमा मुलगाई निकाल्ने चलन पनि थियो । यो चलन पछि हराउँदै गएको हो । यि सबै संस्कृति धान्नका लागि कालीका मन्दीरवाट चाममुखीयाका परिवारहरुलाई केहि सुविधाहरु पनि दिने गरेका थिए ।
यति वेलातिर छोरि मान्छेहरु खुला प्रदर्शनीमा नाच्न हुँदैन भन्थे । वि.सं २०१५ सालमा सिरान्चोकका सुश्री मायादेवी गुरुङ्गको टोली चिनमा नाच देखाउन जानेक्रममा यहि विहारघरको ठुलोआँगनमा नाचहरु प्रदर्शन गरेका थिए । यसको प्रत्यक्षदर्शी म आफुपनि थिएँ । यसैवेला कलाकारहरुले æबाँदरुको चाल मसाने….Æ भन्ने भाकाको गितमा बाँदरनाच र कुकुरको नक्कल गरि नाच देखायका पनि थिए । तर यो ठुलोआँगन घर बनाउँने क्रममा मासियो । यसर्थ, गोरखाबजारमा हेर्न आउने पर्यटकहरुले परम्परागत ऐतिहाँशीक संरचनाहरु हेर्नदेख्न पाउँदैनन् ।
पोखरिथोकको पुरानो पाटीः
गोरखा पोखरिथोक बजारका ठुलो आँगन अगाडी भिमसेनथान नजिकै हाल स्व. ण प्रसाद श्रेष्ठको घर अगाडी एउटा ठुलो बरको रुख थियो । यहि बरको रुखसंगै करिव १५–२० हात लामो पुरानो दुईतले पाटी थियो । यो पाटीमा तेलीया ईटाको गारो, झिंगटीको छानो, बुट्टे आँखीझ्याल र ढोका भएको अलिअलि हामीहरुलाई पनि याद छ । यस पाटीको माथिल्लो तल्लामा जाने बाहीरवाट ढुङ्गाको सिढि बनाईएको थियो ।
कोहि स्थानीय वासिन्दाको घर बनाउँदै छभने उसको घर तयार नभए सम्म यहि पाटीको तल्लो भुईतलामा बस्न दिने गर्दथे । विसं २००७ सालको प्रजातन्त्र प्राप्ती पछि २००८ सालमा अग्रजहरुले अग्रेजी पढाउने स्कुल पनि चाहिन्छ भनेर अंग्रेजी माध्यमको आधार स्कुल यहि पाटीमा संचालन गरेका थिए । विसं २००९ सालमा रानीपोखरि नजिक, तत्कालीन टुँडीखेलको माथि हाल व्यारेक बसेको भवनमा श्रीशक्ति हाईस्कुल सन्चालन भएपछि यस आधार स्कुललाई पनि त्यसै श्रीशक्ति हाईस्कुलमा गाभेका थिए । विसं. २०१२–१३ सालतिर होला यसै ठुलोआँगन अगाडीको पाटीमा त्रिभुवन पुस्तकालय सन्चालन गरियको थियो ।
सायद २०३०–३२ सालतिर होला, यो ठुलो आँगन नजिकको पाटीलाई भत्कायर तिनधारा नजिक गोरखादरबार जाने उकालोवाटो संगै केहि परिवर्तन गरि सारियो । यस पाटीको भुईतलामा जोगी फकीरहरु बस्नहुने गरि सत्तल बनाईएको थियो । माथिल्लो तलामा त्रिभुवन पस्तकालयका सामानहरु राखियको थियो । यो त्रिभुवन पुस्तकालयका कतिपय महत्वपुर्ण किताबहरु हरायका थिए । शुरुमा यो पुस्तकालयमा सबैको ध्यान गएको भएता पनि पछि यसमा ध्यानदिने मान्छेका कमीहुँदै गएको आभाष भयो ।
यसपछि सायद २०७७ सालतिर होला । यो तिनधारा नजिकको पुरानो पाटीलाई पुनः भत्कायर, यसै पछाडीको चौतारा समेत भत्काई विभिन्न दातृसंस्थाको सहयोगमा आधुनीक घरजस्तो देखिने तिनतलाको नयाँपाटीको निर्माण गरिएको छ । हालसालै निर्माण सम्पन्न गरि उदघाटन समेत भैसकेको छ । यस नयाँपाटीको माथिल्लो तलामा त्रिभुवन पुस्तकालयको राखियको छ । भुईको तलामा नगरपालीकाको स्वास्थ्य केन्द्र सन्चालन गरियको छ । विचको तलामा सहकारीको कार्यालय संचालन गरियको जानाकारी पाईयो ।
समष्टीमा कुरागर्नु पर्दा यसरि पुरातात्वीक सम्पदाहरु मासेर नयाँढंगको पाटी बनाउनु भनेको ईतिहाँशलाई विलय गर्नु हो । ठुलो धनराशी खर्चगरि पर्यटकलाई आकर्षण गर्ने खालको संरचना निर्माण गर्न अहिलेको स्थितिमा सकिदैन । यसर्थ, अन्तकतै देख्नहेर्न नपाईने खालको पुरानो सम्पदाहरु जोगायर राख्नसकेमा पर्यटकको आकर्षणको विन्दु हुनसक्ने छ । गोरखा पुरानो राजधानी भनेर हेर्न आउने पर्यटकहरुले पुरानो राजधानीको कुनै स्वरुप देख्न पाउँदैनन् । सन् २००९ डिसेम्बर ३ मा फ्रान्सका राजदुत ज्ष्क भ्हअभlिभलअथ न्ष्lिभक-ज्भलचथ न्ब्च्ब्ग्ीत् को परिवार सहित गोरखा घुम्न आउँदा मैलेनै घुमाई दिएको थिएँ । त्यसवेला राजदुतले मलार्य भनेका थिए æखोई पुरानो राजधानी जस्तो त देखिदैन । राजाको गद्घीपनि सामान्य सिपाही बस्ने जस्तो छ । ढोकाहरु पनि राजाले प्रयोग गर्नेजस्तो देखिदैन । यो सबै पछि अनुमानको भरमा बनायका होलान्Æ । यसरि पर्यटकहरुले आफ्नो अनुमान लगाउने गर्दछन् ।
धुवाँ विर्ताः
यो भनेको राजा रामशाहले आफ्नो रैति -जनता) ले खाना खाएपछि मात्र खाना खान्थे भन्ने किंवबदन्ती छ । यसैले हालको गोरखा दरबारवाट सबै रैतिको घरवाट धुवाँ निस्केकि निस्केन भनि हेर्ने गर्थेर अरे । जनताले खाना पकायको छभने धुरिवाट धुवाँ आउँछ, धुवाँ आएको छैन भने किन, के भयो भनेर सोध्न पठाउने गर्थे भन्ने कहावत सुनिन्थ्यो । यदि सबै घरको धुरिवाट धुवाँ आएपछि मात्र खानाखान्थे भन्ने पुर्वजहरुले सुनाउने गर्थे । यसैले धुवाँ आउने घरहरुलाई तिरो नलाग्ने गरि धुवाँविर्तामा परिणत गरिएको थियो भन्ने सुनेको हो ।
अठ्ठारसय खोलाः
गोरखा जिल्लाको आरुघाट भन्दा माथी अठ्ठारसय खोलाहरु भएको र यो क्षेत्रमा अन्नवाली धेरै नहुने, सेवासुविधाहरु थोरै भएकोले अठ्ठारसय भोटखोला भनिन्थ्यो । यस क्षेत्रको जनतालाई संवोधन गरि विदेसमा पढ्न जान पाउने छात्रवृत्ति, सुविधामा चामल आपुर्ती गर्ने र अन्य विशेष सुविधाहरु प्रदान गरिन्थ्यो । यसैले पछिसम्म पनि यो सुविधाहरु लिनका लागि तल्लो भेगका जनताहरु अठ्ठारसय भोटखोलाको नागरिक्ता बनाउने गर्दथे । यस क्षेत्रका जनताहरु सदरमुकाम आउनजान असुविधा भएकोले सिर्दिवास -जगत) मा छुट्टै छोटि अड्डा राखेका थिए । हाल पनि सिर्दिवासवाट सरकारी सेवाहरु प्रदान गर्ने गरिन्छ ।
पुराना चालचलन हुलाकी चिठिः
गोरखामा मात्र होईन, २०१५ साल भन्दा अगाडि प्राय नेपालको सबै गाउँठाउँहरुमा चिठिपत्र हुलाकवाट आदानप्रदान हुन्थ्यो । मान्छे मरेको खबरका चिठिमा बाहिरवाट धागोले बाधीएको हुन्थ्यो । तर त्यो चिठि आईपुग्न नेपालको कुनै जिल्लाबाट पनि १०–१५ दिन लाग्ने गथ्र्यो । हुलाकवाट धागोले बाधेको चिठि आउँदा डरले सातो जान्थ्यो । अनि काजक्रिया गर्नुपर्ने भएपनि त्यत्तिनै ढिलोहुने गथ्र्यो । यसरि चिठिपत्र पनि ढिलो आउँने हुँदा आगो भरभरायो भने, काग नजिक आई करायो भने आज कोहि पाहुना आउँछ वा विदेसमा जाने परिवारको खबर आउँछ भन्ने चलन पनि थियो ।
विभिन्न कामको शिलसिलामा घरवाट बाहिर जाने परिवारहरुको खोजखबर अत्तोपत्तो हुँदैनथे । कहिले काहिँ आफ्नो मान्छे संगै कामगर्ने वा बस्ने मान्छेले कोशेली र चिठि लिएर आउँथे । यसरि कोशेली र चिठि ल्याउनेलाई आफ्नै मान्छे ठानेर खानपान गराउँथे । गाउँघरमा खेतीपातीवाट खान नपुग्ने हुँदा धेरैको श्रीमान विवाह पछि लाहुर -भारत) जान्थे । लेखपढ नभएका कारण कतिपय महिलाहरु आफ्ना श्रीमानलाई मायागरि चिठि लेख्नुपर्दा गाउँघरका अरुनै लेखपढ गर्नजान्ने मान्छेलाई भन्ने चलन थियो । श्रीमानको चिठि आएपनि अल्लमल्ल पर्थे, अनि छिमेकीकोमा लिएर पढ्न लगाउने गर्थे । यसरि लेखपढ गर्न नआउने र चिठिपत्र ढिलो आउने हुँदा गाउँघरका चेलीबेटीको मार्मीक कथाहरु धेरै सुनिन्थे । त्यसैले रोदीघरमा महिलाहरुको मार्मीक वेदनाहरु प्रशस्तै सुनिन्थ्यो । तर, अब भने टिकटक र च्याटींगले यसलाई विस्थापित गरेकोछ ।
नेपालीहरुको चाहाड पन्ध्र पुषः
पन्ध्र पौष पनि नेपालीहरुको सानो एउटा चहाडको रुपमा मनाउने चलन छ । प्राय यो चलन क्षेत्री ब्राम्हणको परिवारवाट आएको भन्ने चलन पनि छ । यसवेला सम्ममा वर्षभरि लगायको अन्नवाली भित्राउने काम सकेको हुन्छ । सबैको घरमा खानेकुरा, अन्नपातले भरिभराउन हुने भएपछि मान्छेहरु सबै खुसि देखिन्छन । विगतको अग्रजहरुको पालामा माछामासु सहजै किन्न पाईदैन थियो । त्यसैले महिना पन्ध्र दिनमा वा चाड्बाडमा टोलका छरछिमेकहरु मिलेर खसिबोका काट्ने मिलेर बाँड्चुुड गरि खान्थे । यसैले यस दिन एउटा चाहाडको रुपमा खसिबोका, राँगो काट्ने गर्छन । अनदीको चामलमा चाकु वा चिनि हालेर भात पकाई मासु र चाम्रेभात खाने चलन अझैपनि गाउँघरमा छदैछ ।
नेपालीहरुको अर्को चाड् माघे संक्रान्तीः
वास्तवमा माघेसक्रान्ती चाहाड् विशेषगरि थारु जातीहरुको होजस्तो लाग्छ । यस माघेसंक्रान्तीमा पौषको मसान्तीमा पकायको खानेकुरा भोलीपल्ट माघे सक्रान्तीमा खाने चलन गाउँघरमा अझै छ । यसैदिनमा घिउ, चाकु, तरुल खाई एउटा चाहाडको रुपमा मान्ने गर्दछन । कुनै ठाउँमा गोरु जुधाएर रमाईलो गर्ने । माघको सक्रान्तीमा नुहाईधुवाई गरि घाममा बसेर तेल लगाउने, मसाज गर्ने चलन पनि थिए । यसदिन कुनैकुनै ठाउँमा जात्रा -मेला) लाग्ने चलन पनि हुन्छ ।
विगतमा माघेसक्रान्तीको भाका -उधारो) मा लेनदेन गर्ने चलन थियो । गाईभैसीको खरिदविक्रि गर्दा, दोकान र साहुवाट कपडा अन्नपात लिदा, ऋण लेनदेन आदीमा यस्तो चलन थियो । यसपछि माघेसक्रान्ती सम्मको व्याजतिर्न नपर्ने थियो । यसैले लाहुर -भारतको लाहोर भन्ने ठाउँवाट चलेको नाम) वाट धेरै लाहुरेहरु साहुको भुक्तानी गर्न यहि माघेसंक्रान्तीमा घर आउँथे । यसवेला विस्वासमा कारोवार हुनेहुँदा कुनै लिखितमको कागजहरु गर्ने चलन थिएन । कतिपय सानोतिनो लेनदेनका कुरामा भित्तामा कोरेको भरमा कारोवार हुने गर्दथे । यस्तो कारोवार म बद्री मास्के आफैले पनि देखेकोछु ।
जातजातीमा छुवाछुत्को चलनः
हाम्रो बाल्यकालमा -विसं २०१५ सालसम्म) छुवाछुतका कुरा ज्यादै कडा थियो । सार्की, दमै, कामी, गाईने आदी दलितहरुको आ–आफ्नो थरः घिमिरे, दाहाल, कोईराला आदीmलाई तल्लो जातींभनेरविशेषगरि ब्राम्हण समुदायले निम्नस्तरमा राखेका थिए । उनिहरुको पेशाः सार्कीको खनजोत गर्ने, दमैको लुगा सिलाउने, कामीको फलामको औजारहरु बनाउने, गाईनेको सारङ्गी बजायर गाउँगाउँमा गित गाउँदै सुचना प्रवाह गर्ने गर्दथे । यसरि हरेक घरको काम गरेवापत बालीघर भनेर हरेक वर्ष अन्नवाली दिने गर्दथे । तर दमैले कपडा सिलाय बापत, कामिले कुटोकोदालो हसिया बनाय बापत बालीघरवाट अन्नबाली मात्र पाउँथे । यसरि दमाईको घरमा दँशैंको वेला लुगा सिलाउन भ्याईनभ्याई हुन्थ्यो । कामीको आरनमा खेती लगाउने वेलामा भ्याईनभ्याई हुन्थ्यो । त्यसैले बालीघरका मान्छेहरु धर्नाबसेर काम गराउँथे । सार्कीहरुले हलगोरु लियर खेतिगरे बापत केहि अन्नपात पाउँथे । गाईनेहरुले सारङ्गी बजायर गितगाए बापत केहि अन्नपात र खानेकुरा पाउँथे ।
यसरि दलितहरुलाई छोयको खण्डमा छिटोहाल्ने -सुनपानी छर्कने) गर्दथे । उनिहरुले खाना खाएको भाँडा उसैले धुनेपखाल्ने गरेपछि आगोको कोईला र पानी हाली चोख्याउने गर्दथे । सबैभन्दा माथिल्लो जात ब्राम्हणलाई मान्थे । किनभने यिनिहरु बनारसमा गई पढेर पुरोहितको काम गर्दथे । दलित भन्नेहरु र मगर जातीहरुले सुंगुरको मासु खान्थे । अन्य जातीले सुंगुरलाई छुनु पनि हुन्न भन्थे । छोईहाले भने ब्राम्हणले नबोली पतिया गरि जनैफेर्ने गर्थे । यसरि दलीतहरुलाई मान्छे भएर पनि मान्छे सरहको व्यवहार नगर्ने चलन थिए । उनिहरुले छोयको नखाने, छुन नहुने चलन कहिले देखि कसले चलन चलायको हो । योभने खोजको विषय भएकोले भन्न सकिन्न ।
ब्राम्हण जाती सबैभन्दा उच्च जात भएकोले अरुले पकायको खाँदैनथे । परेवा र खसिबोका बाहेक अन्यजातका मासु ब्राम्हणले खाँदैनथे । जनजातीहरु र दलीतहरुले राँगो, खसिबोका, कुखुरा आदीको मासु खान्थे । ब्राम्हणले खानाखाने बेलामा कपडा फेरेर धोतीमात्र लगाउँथे । गायत्री मन्त्र नजपी खाना खाँदैनथे ।यो गायत्री मन्त्र अरुलाइ सुनाउन हुन्न भन्थे । दिशागर्ने बेलामा लोटामा पानी लियर जनै कानमा झुन्याउने चलन थिए । ब्राम्हणले पकायको सबैलाई चल्ने भएकोले सबैको सुभकार्यमा खाना बनाउन बाहुनबाहुनी जाने चलन थियो ।
हरायका सम्पदा तुरतुरे धारा -जुम्रेपानी) पाटीचौरः–
यो जुम्रेपानी ढुंगे धारा -हाल गिता मंदीरको तल) अनुमानित वि.सं.१९०२ ताका गोरखाका मास्केहरुका जुजुबाजे स्व.रामनाथ मास्केले बनाएका हुन्भन्ने पुर्वजहरुले बताएका थिए । यो धारा चिटेको ढुंगाको चारैतिर पर्खाल लगायका थिए । गणेशको मुर्ती अंकीत ढुंगाको धारा थियो । पानीको श्रोत सानो भएकोले यसलाई तुरतुरे धारा भन्ने चलन थियो । हाल यो धारा भएको ठाउँमा गितामन्दीर निर्माण गरिएकोे हुँदा धाराको संरचनाहरु सबै लथालिङ्ग भैसकेको छ । स्व.रामनाथ मास्के निकै धार्मीक सामाजिक व्यक्ति थिए भन्नेकुरा गाउँका अग्रज व्यक्तिहरुले बताउने गरेका थिए । त्यसैले गोरखनाथमा सुनको जलप लगाएको आशन पनि स्व. रामनाथ मास्केले चढायका थिए भनिन्छ ।
छोरीलाइ पढाउन नहुने चालचलनः–
वि.सं. २०२० सालसम्म छोरी मान्छेले पढ्न हुँदैन भन्थे । छोरीमान्छे भनेको चुला, चौका र खेतीपाती गर्ने मात्र होभन्ने चलन थियो । परापुर्व कालमा त ३२ हातको फरिया लगाउनु पर्ने, चौबन्दी चोलो, एक किलो चाँदीको कल्ली, जतिसके ठुलो बाला, नौगेडी माला, कानमा सिलमुन्द्री र यारलीङ्ग लगायर यसमाथी बाक्लो पछौरा ओढ्ने छोरीमान्छेको चलन थियो । पहिल्लो पुस्तामा आईपुग्दा १२ हातको साडी लगाउने सम्म आईपुगेको थियो ।
पुराना वैवाहिक चलनः
आजभन्दा ६ दशक अगाडी सम्म बालविवाहको चलन थियो । विशेषगरि ब्राम्हण जातीमा कन्यादान भन्नाले रजस्वला हुनुभन्दा अगाडी दानगरेको मात्र कन्यादान हुन्छ भन्थे । यसरि गरेको कन्यादानले बाबुआमालाई ठुलोपुण्य मिल्छ भन्थे । विवाहमा पंचेवाजा बजाउने, २, ४, ६, ८ वटा नरसिंगा बजाउने चलन थियो । विवाहको जन्ती लैजादा बाटोमा भरुवा बन्दुक पडकाउँदै लैजाने चलन थियो । ब्राम्हण क्षेत्रीजातका दौराशुरुवाल लगायका दुलाहालाई डोलीमा बोकेर छाता ओढाई लैजान्थे । दुलही ल्याउँदा दुलाहा हिडेर वा घोंडामा फर्कन्थे । नेवार जातको विवाहमा दुलाहा जानहुँदैन भन्थे । दुलहीलाई बाह्रहातको फरिया, पटुकी, चोली र पछौरी ओढाई डोलीमा राखेपछि रातोझ्यापुनले छोपेर छाता ओढाउँदै दुलाहाको घरमा ल्याउँथे । अचम्मको कुरात यतिधेरै कपढा लगाई, बाब्लो झ्यापुनले छोप्दा दुलहीलाई कति पसिना आउँथे होला । सिरमा श्रीफुल, गोडामा कल्ली, चुरापोते, धागोले श्रींगारपटार गरि कन्यादान गर्ने चलन थियो ।
बारीको पाटामा जन्तीबाख्रो खुवाउने भनि धोतपाटा फेरेका ब्राम्हण पुरेतहरुले दालभात पकाउँथे । सालको पातका दुनाटपरीमा भतेर खुवाउने चलन थियो । ब्राम्हण बाहेक अरुले पकायको दालभात खानुहुँदैन भन्थे । बारिमा पकायको भतेर भान्सामा कुकुर, विरालो लगायत अरु कोहिले छुन हुँदैन थियो ।
उत्तरी गोरखाको चालचलन एक अनुभव
म गोरखा बजार छाडेर कतै घुम्न नपाउँदै १६ वर्षको उमेरमा २०२० सालमा गोरखा जिल्लाको तत्कालीन आरुआर्वाङ्ग गाउँ पंचायत भित्रको वयाक गाउँको जलकन्या प्रा.वि.स्कुलको हेडमाष्टर भएर गएको थिएँ । असार र श्रावण स्कुल विदाहुने भएकोले भाद्र महिना देखि विद्यालयमा कामगर्न थालेको थिएँ । गोरखाबजारमा पढ्दै गर्दा नाचगानमा भागलिने हुँदा अन्यत्र पनि नाचगानमा चासोराख्ने गरिन्थ्यो । त्यसैले वयाक गाउँका पेन्सनवाला लाहुरे दाजुभाई र यूवा साथिहरुलाई समेटेर एकांकी नाटक पनि शुरुगरेको थिएँ । यो नाटक र नाचले गर्दा वयाक गाउँ वरपरका गाउँहरु थुमी, आर्वाङ्ग, चिप्लेटी, आर्खेतका मान्छेहरुले वयाकको माष्टर धेरै रसिलो सिपालु छभन्ने नाम चलेको पनि थियो ।
स्कुलको उत्तरतिर गुरुङ्ग र मगरको वस्ती, दक्षिणतिर खड्का क्षेत्री, बाहुन र केहि मगरहरुको वस्ति थियो । मेरो डेरा उत्तरतिरको गुरुङ्ग बैद्यबुढा भन्नेको घरमा थियो । मेरो शुरुकै बसाईका दिनहरुमा घरपेटीले सप्ताह लगाएका थिए । यसैले गाउँका केटाकेटीहरु थुप्रेर नाचगान गरि रात विताउने गर्थे । यसै क्रममा केटाकेटीहरु संग म आफु पनि मिसिएर नाचगान गर्ने गरेको थिएँ । यतिवेलानै मलाई कस्तो प्रजातान्त्रीक गाउँ रहेछ जस्तो लागेको थियो । न छुवाछुतको कुरा, न केटा र केटी छुट्टैबस्ने कुरा र न खानपानमा जुठोचोखोका कुरा सबै एकछत्तै देखिन्थ्यो । दिनभर काममा गएपनि रातमा रोधीघरमा जम्माहुने, आधारात भएपछि एकएक गरि घरतिर लाग्ने गर्दर्थे । यसो हुँदाहुँदै म आफुपनि गाउँका केटाकेटीहरु संग घुलमील भएँ । यो लेकतिरको गाउँहरुमा जात्रामेलाहरु पनि प्रशस्तै हुनेरहेछ । जात्रामात्रामा गाउँका केटाकेटीहरु संगैजाने, खानाखाने, नाच्नेगाउने गरिन्थ्यो । कुनै जात्रामा नजाने भन्दा खर्च नभएर होकि भनि केटाकेटिहरु पैसाको पोकोपारि डेरामा फाल्ने पनि गर्दथे । यो देखेर मलाई अचम्म लाग्दथ्यो । यसरि लेकाली गाउँहरुका मान्छेहरुलाई आफु गरिब छुभन्ने कतै महशुष भएको देखिदैन थियो ।
चैतेदशैको जात्रा र पर्वः
गोरखाको कालीका मन्दीर वरपर तिनदिन सम्म लाग्ने चैत्रदशैंको जात्रा नेपालकै नमुनाको जात्रा थियो । यो जात्रा कहिले देखि शुरु भएको भन्नेकुरा चाहीं कहींकतै लेखोट भेटीयको छैन । यस चैत्र दँशैलाई पनि दँशैको जस्तै पुजाआजा र वली चढाउने गर्दथे । तर, नेपाल गणतन्त्रमा प्रवेश गर्नुभन्दा पहिला सम्म योजात्रा लाग्ने गरेका थिए । हरेक वर्ष चैत्र शुक्लअष्टमी, नवमी र दशमी सम्म लाग्ने यो मेलामा हिमालयन क्षेत्रवाट डाको, नाम्लो, डालो, भकारी, मान्द्रो र राडीपाखी बेच्न ल्याउँथे । वरपर जिल्लाहरुवाट धर्मावलम्वीहरु पुजाआजा गर्न र नांग्लेव्यापारीहरु व्यापार गर्न आउँथे । केटाकेटीहरु मिलेर विभिन्न नाचहरु नचाउने गर्दथे । वल्लोगाउँ र पल्लोगाउँका केटाकेटीहरु दोहोरी गितमा रमाउँथे । वरपरवाट आईमाईहरु सेलरोटी र तरकारी बेच्न खाजाघर चलाउने गर्थे ।
यसको संगै गाउँहरुवाट कोदोको लोकल रक्सीका काठेपुङ्ग र शिसाको ग्लासमा बेच्नेगर्थे । मुसलमानहरुको पसल पनि प्रशस्तै हुन्थे । यसैले सानासाना केटाकेटीहरु सिटि बजाउँदै दौडन्थे । यस जात्रामा कोहिलाई अष्टमीमा फुर्सद हुने यसैदिनमा, फुर्सद नहुने नवमीमा जात्रा हेर्न र गोरखकालीको दर्शन गर्न आउँथे । यो जात्रामा कतिपय किनमेल गरि आ–आफ्ना आवश्यक्ता पुरागर्थे । आजकल यो परम्परा देखि चल्दै आएको चैते दशैको जात्रा बन्दहुन पुगेको छ । तर, यसको बदलामा गोरखा महोत्सव भनेर खेलकुद मैदानमा सन्चालन गर्ने गरेको छ । यस नयाँ मेलामा चाहीं प्रायजसो विहारतिरका खेलका साधनहरु, मिठाई पसल, खाजाघरहरु, जुत्ता, भांडापसल, लुगाफाटाका पसल, फलफुल पसल र प्रशीध्द गायक कायीकाद्वारा दोहोरी गित तथा आधुनिक गितका प्रस्तुतीहरु हुने गर्छन ।
बैंकहरु नहुँदा गोरखामाः–
वि.सं. २०१८ साल सम्म गोरखामा बैंकहरु थिएन । विसं २०११–१५ सालसम्म मेरो बुबा स्व. फत्येवाहादुर मास्के माल अड्डाको तहविल्दार -हालको बैंक खजान्ची) हुनुहुन्थ्यो । पछि जिल्ला अदालतको तहविल्दारमा सरुवा हुनुभएको थियो । यसभन्दा अगाडी नेपाल -काठमाण्डौं) राजधानी शहरवाट मिलिसिया सिपाहीहरुले मोहरका तोडाहरु -थैलो) भरियालाई बोकाएर ल्याउने गर्दथे । तल्लो दरबारको भित्र पटाङ्गीमा धानमकैको विस्कुन सुकाय जस्तैगरि मोहरका थुप्राहरु गन्ने गर्दथे । यो मोहर मेरो बुबाले बुझेर यहि तल्लो दरबारको भित्रपट्टी उत्तर पुर्वको कोठामा काठको लामो बाकसमा राखिन्थ्यो । त्रिभुवन राजाको पालामा नोठ छापियको भएपनि चलनमा आईसकेको थिएन । अन्य सबै अड्डाहरु गोस्वारा -हालको प्रशासन कार्यालय), हुलाक, पुलिस अफिस, अदालत, दरबार हेरचाह अड्डा, मिलिसिया आदी सबैलाई यहि माल अड्डाले तलब खुवाउँथ्यो ।
तामाको तारवाट टेलीफोनः
विसं २०१४/१५ सालसम्म काठमाण्डौंवाट सुदुर पश्चिम सम्म काठको पोलमा तामाको तारटांगेर टेलीफोन लाईन टांनेगरिन्थ्यो । पुर्वपश्चिमको बाटो जस्तैः आरुघाट, कटुन्जे, थर्पु, त्रिशुली, ककने, कुन्छा जस्ता स्टेसनमा एकजना अप्रेटर राखेर फोनको सुविधा दिने गरियको थियो । यस स्टेसनमा पुराना खालका टेलीफोन सेटमा दमदिएर घण्टी बजाउँदै ठाउँठाउँको स्टेसनहरुलाई æहेलो कुन्छा, हेलो कटुन्जेÆ भनेर चिच्याउँदै बोलाउने गर्थे । पछि गएर यो तामाको तारहरु बाटोमा चोरिहुन थालेपछि यसलाई हटायर सांकेतीक आवाजलाई भाषामा परिवर्तन गरि आवा खबर पठाउने वयरलेसको चलन आएको थियो । यसलाई तल्लो दरबारको एक कोठामा संचालित थियो ।
करिव २०२२/२३ सालदेखि जेनेरेटर चलाई कुरागर्न पाउँने वयरलेस बडाहाकीम भवन -बुध्दीवल रानाको घर) नजिकै जस्ताको टहरामा संचालन भएको थियो । गोरखामा २०५०/५२ सालदेखि मात्र गोरखाबजारका केहि व्यक्तिहरुलाई टेलीफोन वितरण गर्न थालियो । यतिवेला टेलीफोन वितरण गर्दापनि मन्त्रीको तोकचाहिने, यसमा पनि मन्त्रीले घुसखाने गर्दथे । करिव २०५५/५६ सालदेखि मोबाईल फोनको चलन आउन थाल्यो । यसपछि ल्याण्डलाईनको फोनको महत्व घट्दै जानथाल्यो ।
खुलामैदानमा दिशापिसाब
विसं २०२० साल सम्म गोरखाबजारमा चर्पीको व्यवस्था थिएन । सबै मानिसहरु सार्वजनिक खोलाखोल्सी र बारिको छेउछाउमा खुला दिशापिसाव गर्ने गर्दथे । २०२५/२६ सालदेखि आ–आफ्नो बारिमा खाल्टेचर्पी बनाउने चलन आए । २०३५/३६ सालदेखि सेप्टीक ट्यांकी र प्यान वा कमोटको चलन आएको हो ।
दैलो पोत्ने चलन
२०३५/३६ साल सम्म गोरखाको धेरै घरहरुमा पुरानो पिढिराख्ने चलन थियो । यसमा विहान सबेरै सबैको घरमा मुलढोका अगाडी घर आगन सफागर्ने र शुध्द बनाउने भनि गाईको गोबर र रातोमाटोले दैलो पोत्ने चलन थियो । अझैपनि गोरखाबजार वरपर केहि घरहरुमा यो चलन छदैछ । यो काम प्रायजसो महिलाले गर्नुपर्दथ्यो ।
ढिकि झाँतोको चलन
२०२५–३० सालसम्म गोरखामा धानकुट्ने र कोदोमकै पिध्ने मिल थिएन । यसैले प्रायजशो घरमा ढिकि र झाँतो हुन्थ्यो । विहान सवेरै दैलोपोत्नु भन्दा अगाडी ढिकिझाँतोको कामगर्ने गर्दथे । यस काममा प्रायजशो महिलाहरु विहान करिव ३–४ बजे उठेर सरिक हुनेगर्थे । ढिकिझातोको काम, दैलोपोत्ने काम, भात पकाउने काम, जंगलवाट दाउरा खोज्ने काम प्रायजसो महिलाले गर्नुपर्दथ्यो । करिव २०३० सालतिर मिलको चलन आएपछि विस्तारै ढिकिझाँतोको चलन हराउँदै गएको थियो ।
कालो धुलो मसी
आज भन्दा करिव ६०–६५ वर्ष अगाडी अड्डाअदालतमा नेपाली कागजको चलन थियो । सरकारी अड्डाहरुमा कालोमसी मात्र चल्थ्यो । यसैले पसलेहरुले कालो धुलोमसी विक्रिगर्न ल्याउँथे । यो धुलोमसीलाई सानो सिसाको भाँडोमा तातोपानीमा पगालेर राख्थे, अनि सिसाको भाँडो ढलेर मसी पोखिन्छ भनि झुंग्रोमसीमा भिजाउँथे । यसैमा निगालोका कलम चोबेर लेख्ने चलन थियो । अलि हुनेखानेले पार्कर मसी र पार्कर फोउण्टेन पेन चलाउने गर्थे । यस्तो चलन करिव २०२०–२५ सालसम्म चलेकोे थियो ।
निगालोको कलम
वि.सं. २०२० सालसम्म पनि निगालो र बाँसको कलमले लेख्ने गरेका थिए । हामिले पनि सानासाना निगालो तिखारेर झुंग्रो कोचेको मसीमा चोवेर लेखेका थियौं । यसरि निगालो र बाँसले लेखेको अक्षरहरु पुर्वजहरु छापासरह लेख्नेगर्थे । यसरिनै निगालोको कलमले लेखेका ठुलाठुला ढड्डाहरु किराले खान्छभनि हरिताल -विष) दलेर नेपाली कागजमा लेखेका देखिन्थे । छापाको किताब यदाकदा माहाभारतका कथा, स्वस्थानी व्रतकथा, पुराणका किताबहरु पुरेतहरु र भारतमा जानेहरुले ल्याउने गर्दथे ।
नेपाली कागजको चलन
व्हाईट पेपर -देसी कागज) प्रायजसो टुक्रीने, सड्ने, फाट्ने भएकोले अड्डा अफिसमा नेपाली कागज अझैपनि चलाउने गर्दछन । यो नेपाली कागज प्रायजशो लेकाली पाटवाट बनाउने गर्थे । बजारमा यो नेपाली कागज दुईस्क्वायर फिटको ताउको नामवाट विक्रिवितरण हुन्थे । यस ताउलाई चारभाग बनाई छेउकुना चक्कुले काटेर आजकलको एफोर साईजमा बनाउँथे । यसमा पनि पुर्वजहरुले लेखियको लिपि सोझो होसभनेर कागजलाई मोडेर सिधा बनाउने चलन थिए ।
खरानीमा लुगाधुने
परापुर्व कालमा नुहाउने, लुगाधुने सावुन पाउन गाहारो थियो । बत्तीबाल्नको लागि मट्टीतेल, नुन्, सावुन, जिरामसला आदी यस नेपालको मध्येक्षेत्रका पहाडवाट २–३ दिन लगायर ठोरीमाढी जाने गर्दथे । यसरि नुनतेल लिनजाँदा जंगलमा बासबस्नु पर्ने भएकोले घरगाउँका सबै मिलेर समुह बनाई जान्थे । २०१२–१५ सालसम्म गोरखाबजारमा र वरपर घैरुङ्गका डोकेव्यापारीहरुले नुनमसला, तेल बेच्न ल्याउँथे ।
यहि कारणले कपडाहरु पनि हरेक घरले चुला, अगेनामा दाउरा बालेका खरानीले कुँडीयामा पकायर मुंग्रोले ठटाउँदै धुने गर्दथे । यसवेलाका कपडाहरु प्रायजसो सुति, घरबुनाका हुन्थे । यसैले पकाउँदा, खरानीमा धुँदा पनि गल्दैनथे । हप्ता पन्ध्र दिनमा ढुंगेधारामा लुृगाधुने र नुहाउनेको भिड लाग्थे । र नुहाउनका लागि केहिमात्रामा लाईफब्वाई साबुन, रिठ्ठाका गेडापिनेर र तोरिको तेलपेलेको पिनाले नुहाउने गर्दथे । यसवेला देखि अझैपनि मान्छे मर्दाको बखत दशदिनमा पिनाले नुहाउने चलन छदैछ ।
उडुस, उपियाँ र जुम्म्रा
२०२०–२२ सालसम्म हामिले देखेका घरगाउँमा उडुस, उपियाँ र जुम्रा प्रशस्तै देखिने गर्थे । वरपर घुमफिर गर्नजाँदा पनि उडुस उपियाँले दुःख दिएको कुरासुनिन्थे । त्यसवेलाका मानिसहरु चाँडो नुहायमा हप्तादिन, नत्रभने महिनौं दिनमा मात्र नुहाउँथे । यसैले पसिना र मैलाले गर्दा लगायका कपडामा र टाउकोमा पनि जुम्रापर्ने गर्थे । यसैले घरगाउँका आईमाईहरु प्राय भेटघाटमा टाउकाको जुम्रा हेर्ने र ठुंग्नेगर्थे । यसरि त्यसवेलाका उडुस, जुम्रा, उपियाँहरु अहिले कतागए होलान भनेर बुढापाकाहरु कुराकाट्ने गर्छन ।
मनाईने चाडबाडहरु
नेपाली हिन्दुहरुको चाडबाड र पुजाआजा अतिधेरै हुनेगरेको अझैपनि पाईन्छ । तर, पुर्वकालमा मनोरंजनका साधनहरु हुँदैनथे । यसैले रमाईलोका लागि जात्रामात्रा जान्थे, विभिन्न खालका बाजाहरु जस्तैः पन्चेबाजा, मादल, ढोलक, खैचेडी, झ्याली, मुजुरा, सारङ्गी आदी बजाई नाचगान गर्थे । यसको साथै अर्को जन्ममा दुःख पाईन्छ, मरेपछि नरकमा बस्नुपर्छ । यसैले जनिसके धर्मकर्म गर्नुपछ भनेर विभिन्न पुजाआजाः होमरुद्री, सत्य नारायणको पुजा, सप्ताह, एकाह लगाउने गर्दथे ।
कृषीमा आत्मानिर्भर हुने जनताहरु प्राय व्यस्तहुन्थे । माछामासु र मिठो भोजभतेर खानपानका लागि पनि विवाहवारी र चाडाबाड कुर्नुपर्ने हुन्थ्यो । २०१२–१५ सालसम्म मोटर गाडी हेर्न मधेसतिर वा भारततिर जानुपथ्र्यौ । यसैले पुर्वपश्चिम हिड्ने बटुवाहरु प्रशस्त हुन्थे । खुसी र आराम भनेको विभिन्न चाडबाडमा हुनेहुँदा चाहाडहरुः दँशै, तिहार, माघेसक्रान्ती, फागुपुर्णेमा, साउने सक्रान्ती, पन्ध्रपौष, चैतेदँशै, जनैपुर्णीमा, गाईजात्रा, तिज, विभिन्न कोट र मन्दीरहरुमा पुजाआजा र जात्रा मनाउने गर्दथे । यस बाहेक सदीयौं देखि चलिआएको काजकृया, सराध्द, दानधर्म, ब्रतबन्ध, विवाहवारी,
विवाहमा झ्यापुन र डोली
परापुर्व कालदेखि चलेको विवाहवारीमा पंचेवाजा बजाउने चलन त अझै छँदैछ । तर, पहिलाका विवाहमा कन्यादान गरेमा पुण्यमिल्छ भनेर ७–८ वर्षका कन्याहरुलाई विवाह गर्ने चलन थियो । ति साना केटीहरु राम्रा लुगा र केहि गहना लगाउन पाउने कुराले खुसिहुन्थे । अर्काको घरमा जाने भन्नेकुराले दुःखमान्दैन थिए ।
जात जातीहरुका चलन र धार्मीक चलनः
ड्ड दिसा गर्दा जनैकाँनमा
आज भन्दा ४०–५० वर्ष अगाडी सम्म ब्राम्हण, क्षेत्री जातीको पुरुषहरु दिसागर्दा जनैकानमा राख्ने चलन थियो । यो चलन किन कसरि आयो भन्नेकुरा जानाकारीमा छैन । तर, अग्रजहरुको भनाई चाहीं मन्तरेको जनै शुध्द गरियको हुन्छ । दिसापिसाव गर्दा अशुध्द हुने भएकोले शुध्दताका लागि यसो गरिएको भन्नेगर्छन ।
ड्ड बारिको पाटामा लपेस टपरिमा विवाह भोज भतेर
आजभन्दा २०–३० वर्ष अगाडी सम्म गाउँघरको विवाहको भोज र भतेर बारिको खाली पाटोमा खुवाउने चलन थियो । विवाह हुने केहिदिन अगाडी देखि भोज भतेर खुवाउने लपेस र टपरीका लागि गाउँले महिलाहरु मिलेर सालको पात टिप्न जान्थे । र बेलुकी भात खाएपछि लपेस टपरी गाँस्न जम्मा हुन्थे । नेवार जातीहरुको लेपसमा च्यूरा, अचार, तरकारी, फर्सी, झीनायो, सेलरोटी, मासु र लोकल कोदोको रक्सी आदी खुवाउने चलन थियो । अन्य ब्राम्हण, क्षेत्री, गोरुङ्ग, मगरको विवाहमा चाहीं टपरीमा दाल, भात, सागसब्जी, सब्जी, जन्तीबाख्रोको झोलचौटा खुवाउने चलन थियो ।
ड्ड विवाहमा कसार बटार्ने चलन
कसार प्रायजसो क्षेत्री र ब्राम्हण जातीको वैवाहीक र व्रतबन्धको कार्यक्रममा बनाईने एक किसिमको मिठाई हो । यसको निर्माण चामल भुटेर पिध्ने र यसलाई खुदो वा सख्खरमा मोलेर सानोसानो डल्ला बनाई सुकाउने गर्दछ । यसको स्वाद केहि गुलीयो हुन्छ । यो मिठाईको रुपमा खुसियाली मनाउँदै छरछिमेकीहरुलाई बाँढ्ने चलन थियो । तर, आजकल यो चलन प्रयाजसो छाड्दै गईरहेको देखिन्छ ।
ड्ड श्राध्द र टपरीमा सिदाक्ने चलन
हिन्दुधर्ममा परम्परा देखि चलीआएको चलन हो दिवंगत भएका अग्रजहरुको नाममा श्राध्दगर्ने । यो श्राध्द बाबुआमा वा अग्रजहरु दिवंगत भएको तिथिमा गर्ने चलन छ । श्राध्दको अगिल्लो दिन एकछाकी भनेर घरको मुली वा छोराले कपालखौरेर नुहाईधुवाई एकछाक मात्र खाएर निराहार चोखो बस्ने गर्छन । भोलीपल्ट श्राध्द मध्यान्हमा गर्नु उचित हुनेकुरा पनि बताएका थिए । यो श्राध्द मानिआएको पण्डीत, पुरेतले हिन्दुविधि अनुसार गराउने गर्दछन ।
श्राध्द गर्दा दिवंगत आत्माले सान्ति पाउँछन, स्वर्गमा बस्न पाउँछन भन्ने प्रचलन छ । तर त्यो दान गरेका सबैकुरा दिवंगत आत्माले पाउँछन पाउँदैनन् कुनै प्रमाणीत भएको कुराभने छैन । तर, विस्वासका आधारमा मात्र आजसम्म गर्ने चलन भने यथावत छ । श्राध्दमा धुपबत्ती, फलफुल, भेटीको रकम, कुश, पिण्डबाट्ने पिठो, गाईको दुध, मह, काचोधागो आदी राखियको हुन्छ । दिवंगत आत्माको नाममा छुट्टाछुट्टै सिधाराख्ने चलन छ । सिदा भनेको सालको पातवाट तुनेको प्रत्येक टपरीको सिदामा एकमाना चामल, पिनेको दाल, काचो आलु, नुन, वेसार, ध्यू आदी राखियको हुन्छ । अन्तमा श्राध्द सकिय पछि बाटेको पिण्ड धारा वा खोलामा सेलायर पण्डीत र छोरि, बुहारीहरुलाई टिकाटालो गरि दक्षिणा दिने चलन छ ।
यसपछि पण्डीतलाई दहिच्यूरा, केरा, तरकारी आदी खुवाउने र श्राध्द गर्दा राखियको रोटी, भेटी, फलफुल र अर्पण गरियको सिदा पण्डीतको घरमा पु¥याउने चलन छ । श्राध्दमा निम्तालुहरुलाई टिकाटालो पछि दालभात, तरकारी खुवाउने चलन यथावत अझै छदैछ ।
ड्ड हिन्दुधर्ममा जन्मदा र मर्दा गरिने न्वारान र काजकृयाः
विस्वमा चलेका चालचलन मध्ये हिन्दुधर्मको चालचलन अलि फरक छ । विवाह पछि छोरि गर्भवती भएको थाहा भएपछि माईतीले दहिच्यूरा खुवाउनु पर्ने नेवारजातीको चलन छ । बच्चा जन्मेपछि छैठौं दिन वा एघारौं दिनमा न्वारान गर्ने चलन यथावत छ । नेवारी चलनमा भने न्वारानमा पण्डीत बोलाउने चलन छैन । पहिलापहिला छोराको ब्रतवन्धमा पनि मामाले कपाल खौरेर गर्ने चलन थियो । तर, आजकल पण्डीत बोलायर ब्रतबन्ध गर्ने चलन छ ।
परिवारका सदस्यको मृत्यूपछि काजकृया गर्ने चलन यद्यपी छदैछ । यसमा पनि १३ दिनसम्म पण्डीतको आवश्यक पर्दछ । यसमा पनि नेवारको चलन अनुसार छोरिले सातदिनको दाल, भात, तरकारी, अण्डा पकायर पहिलापहिला कुशले जातीलाई खुवाउने चलन थियो । आजकल भने गाईलाई खुवाउँछन, अन्यथा खोलामा बगाउँछन । हरेक दिन पण्डीतले कृयापुत्रीको घरमा आई ढोकामा सन्याजगाई धुपबत्ती र तर्पण गरिने चलन छ । अन्तमा ११ दिनमा दिवंगत आत्माको नाममा बाँच्नलाई चाहिने लुगा, गहना, लगाउने, खाने, संपुर्ण एकसरो भाडा सहित पण्डीतलाई दानगर्ने चलन छ ।
-सन्दर्भ सामग्री ः बाल्यकालमा गुरुहरु र अग्रजहरुवाट सुनेजानेका ईतिहाँस तथा किंबदन्तीका कुराहरु)
बद्री बहादुर मास्के,गोरखा । मितिः २०८०।०१।०
पुराना फोटाहरुः–
अनुसुची–१ अनुसुची–२
पुरानो पोखरीथोक विद्यामन्दीर
अनुसुची–३ अनुसुची–४
पुरानो पदेली टोल
अनुसुची–५ अनुसुची–६
पुरानो माल अड्डा घामताप्दै काम विसं २०१०–१२ सालतिर तल्लो दरबार
अनुसुची–७
अनुसुची–८
पोखरी थोक पदेली टोल
अनुसुची–९ अनुसुची–१०
तिनधारे धारा खोपी धारा
अनुसुची–११ अनुसुची–१२
-तिनधारे संगै नयाँ निर्माणधीन पाटी सन् २०२१) -मर्मत अगाडीको हाल म्यूजियम रहेको तल्लो दरबार)
ठुलो आँगनको पुरानो दृश्यः श्यामको बुबा, नरनारायण जोशी, -वि.सं. २०२० सालतिरको गोरखा पोखरिथोक र तल्लो दरबार)
शुरेसमानको बुबा -बाग्लुङ्गे), पुर्णप्रसाद श्रेष्ठ -छिया), शिव कुमार श्रेष्ठ र
अन्य रागो बेच्न आउनेहरु
पुरानो बाटो तल्लो दरबारवाट माहादेवथान हुँदै टुडिखेल जाने पुरानो दरबार परिसरको पशुपतीथा
चारधारे, पदेलथोक, गोरखा
-वि.सं. २०११ सालतिरको गोरखा पोखरीथोक बजार
